अधिकार प्रयोग गर्न नदिएको भन्दै वडा अध्यक्षले नगरप्रमुखविरुद्ध मुद्दा दायर गरे

 वैशाख २५, २०७६ बुधबार १९:२:११ | उज्यालो सहकर्मी
unn.prixa.net

सल्यान - बनगाड कुपिण्डे नगरपालिकाका मेयर गाविन्द कुमार पुनले आफूले पाएको अधिकार प्रयोग गर्न नदिएको भन्दै एक वडाध्यक्षले उच्च अदालत सुर्खेतमा मुद्दा दायर गर्नु भएकाे छ ।

बनगाड कुपिण्डे नगरपालिका १२ का वडाध्यक्ष गोविन्द डाँगीले नगर प्रमुखले आफ्नो काम, कर्तव्य र अधिकारमाथि हस्तक्षेप गरेको आरोप लगाउँदै मेयरविरुद्ध उच्च अदालतमा मुद्दा दायर गर्नु भएकाे हाे ।

डाँगीले आफ्नो अधिकारमाथि नगरप्रमुख गोविन्दकुमार पुनले ठाडो हस्तक्षेप गरेको आरोप लगाउनु भएकाे छ । नगरपालिकाभित्रको आपसी विवाद र किचलोका कारण आर्थिक वर्ष सुरु भएको झण्डै पाँच महिनापछि वडाध्यक्षले नगरप्रमुखमाथि अधिकार हस्तक्षेप गरेको भन्दै मुद्दा दायर गर्नु भएकाे हाे । 

‘स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार वडाबाट सञ्चालन हुने योजनाको सम्झौता, अनुगमन र भुक्तानीको लागि सिफारिस गर्ने सबै अधिकार वडाध्यक्षलाई प्रदान गरिएको छ, तर नगर प्रमुखले वडाध्यक्षको अधिकारमाथि हस्तक्षेप गर्नुभएको छ,’ उहाँले भन्नुभयाे ।  

नगरप्रमुख गोविन्द कुमार पुनले कार्यपालिका सदस्यलाई वडामा हुने योजनाहरुको लागि उपभोक्ता समिति गठन, योजना सम्झौताको सिफारिसलगायतका कार्यहरु सञ्चालन गर्ने मात्र जिम्मेवारी दिएको स्वीकार गर्नुभयो । वडा समितिको बैठकको निर्णय अनुसार काम गरेको र वडा समितिको निर्णयबिना कुनै पनि काम नगरेको उहाँको भनाइ छ । 

आफूले योजना सम्झौता र काम काज गर्ने मात्र जिम्मेवारी दिएको तर अन्य आरोप लगाएर नगरप्रमुखलाई बदनाम गर्ने खोजेको उहाँको दाबी छ । 

कुनै पनि जनप्रतिनिधिले सात दिनभन्दा बढी आफ्नो भूगोल छोड्नु परेमा नगरप्रमुखलाई लिखित रुपमा जानकारी दिनुपर्ने भए पनि वडाध्यक्षले त्यसो नगरेको, वडा कार्यालयमा नियमित उपस्थित नभएको लगायतका कारण कार्यपालिका सदस्यलाई जिम्मेवारी दिइएको नगरप्रमुखले बताउनुभयाे । 
 

अन्तिम अपडेट: चैत २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया