आज छठ पर्वको मुख्य दिन : बेलुका अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै
कात्तिक २२, २०८१ बिहिबार
नाटकीय खेलमा आयाक्सलार्ई हराउँदै टोटनह्याम च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ । क्वलको इतिहासमा पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा पुगेको टोटनह्यामले उपाधिका लागि प्रिमियर लिग क्लब लिभरपुलसँग प्रतिस्पर्धा गर्नेछ ।
यसपटकको च्याम्पियन्स लिगको उपाधि उचाल्न दुईवटा इंग्लिस क्लबले सेमिफाइनलमा अविश्वस्नीय प्रदर्शन गरे । लिभरपुलले बार्सिलोनालाई तीन गोलले पछि परेको अवस्थामा कमब्याक गरेको दोस्रो दिन नै अर्को इंग्लिस क्लब टोनह्यामले पनि आयाक्स विरुद्ध दुई गोलले पछि परेको अवस्थामा कमब्याक गर्न सफल भयो ।
पहिलो लेगमा घरेलु मैदानमा एक शून्यले पछि परेको टोटनह्याम दोस्रो लेगमा आयाक्सको मैदानमा पाँचौ मिनेटमा नै गोल खान पुग्यो । आयाक्सका १९ वर्षे कप्तान माटिज डी लीटले गोल गर्दै टिमलाई अग्रता दिलाए ।
त्यसपछि ३५ औं मिनेटमा टोटनह्यामले अर्को गोल खान पुग्यो । घरेलु टिम आयाक्सका लागि जेइचले गोल गर्दै समग्रमा तीन शून्यले टिमलाई अगाडि राखे । दोस्रो लेगमा पनि पहिलो हाफमा नै दुई गोलले पछि परेको टोटनह्यामले दोस्रो हाफमा उत्कृष्ट कमब्याक गर्न सफल भयो । उसका लागि लुकास मोउराले ह्याट्रिक गर्न सफल भए ।
उनले खेलको ५५ औं, ५९ औं र इन्जुरी समयको अन्तिममा गोल गर्दै टोटनह्यामले अवे गोलमा च्याम्पियन्स लिगको फाइनलमा पुर्याए । टोटनह्याम सन् १९८४ पछि युरोपियन प्रतियोगिताको फाइनलमा पुगेको हो । यो बेला एन्डरलेच्टलाई हराउँदै उपाधि जितेको थियो ।
जितपछि टोटनह्यामको प्रशिक्षक माउरिसियो मैदानमा नै निकै भावुक भएका थिए । जितको खुशी मनाउने क्रममा उनको आँखाबाट आँसु झरेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।