मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

 बैशाख २६, २०७६ बिहिबार ७:४:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

रामेछाप – मन्थली नगरपालिका –९ पुरानागाउँको अँगेरीपानीबाट खुरबेशी जाँदै गरेको बा ५१ प ६३६५ नम्बरको मोटरसाइकल बुधबार साँझ दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । 

दुर्घटनामा ज्यान गुमाउनेमा खाँडादेवी गाउँपालिकाका २२ वर्षीय लोप्साङ लामा र मन्थली नगरपालिकाका पुरानागाउँका ११ वर्षीय बालक चोककुमार श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरिक्षक शेख अदालतका अनुसार लोप्साङ लामा डोजर चालक हुन् । पुरनागाउँमा सडक निर्माण गर्ने क्रममा उनी यही गाउँमा बस्दै आइरहेका थिए । 

उनी सँगै त्यही गाउँका बालक चोककुमार पनि मोटरसाइकलमा बसेका थिए । कच्ची सडक र तीव्र गतिमा मोटरसाइकल चलाउँदा दुर्घटना भएको प्रहरीले अनुमान गरेको छ । 
 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया