आज छठ पर्वको मुख्य दिन : बेलुका अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै
कात्तिक २२, २०८१ बिहिबार
काठमाण्डाै - युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले आसन्न १३औंँ दक्षिण एशियाली खेलकुद भव्यताका साथ सम्पन्न गर्ने गरी सरकारले काम गरिरहेको बताउनुभएकाे छ ।
डिसेम्बर १ देखि १० तारिखसम्म मंसिर १५–२४ गते आयोजना हुने सागका लागि सरकारले पनि नीति तथा कार्यक्रममै समावेश गरेकाले बजेट लगायतका कुनै पनि कुराहरुको कमी नहुने गरी तयारी गरिने पनि उहाँले प्रष्ट पार्नुभयाे ।
रिपोर्टर्स क्लब नेपालले शुक्रबार काठमाण्डाैमा गरेको साक्षात्कारमा मन्त्री विश्वकर्माले प्रतियोगितमा २७ खेल समावेश हुने यसअघिकै निर्णय अनुसार सरकार अघि बढेको बताउँदै एक दुई दिनमा मस्कट सार्वजनिक हुने पनि बताए । हालै प्रदेश पाँचमा भएको आठौं राष्ट्रिय खेलकुदमा पदक जितेका खेलाडीहरु नै १३ औं दक्षिण एसियाली खेलकुदमा नेपालको प्रतिनिधित्व गर्ने भएकाले उनीहरुले जेठ महिनाभित्रै बन्द प्रशिक्षणमा राख्ने पनि जानकारी दिनुभयाे ।
उहाँले १३औंँ साग नेपालको प्रतिष्ठासँगै जोडिएकाले पूर्वाधार लगायतका सबै कुराहरु आषाढ मसान्तभित्र पूरा हुने भन्दै प्रतियोगिता तोकिएकै मितिमा आयोजना हुनेमा ढुक्क हुन पनि आग्रह गर्नुभयाे ।
त्रिपुरेश्वरको दशरथ रंगशाला पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको, पोखरा रंगशाला लगायतका सबै पूर्वाधारहरु यसै आर्थिक बर्षमा सकिने पनि बताउनुभयाे ।आठौं राष्ट्रिय खेलकुद सम्पन्न गर्दा केही कमी-कमजोरीहरु भएको स्वीकार गर्दै मन्त्री विश्वकर्माले १३औंँ सागमा यस्तो कमी नहुने पनि प्रष्ट पार्नुभयाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।