यी २ वटा औषधि बजारबाट तुरुन्त फिर्ता गर्न निर्देशन
बैशाख ८, २०८२ सोमबार
काठमाण्डौ – इन्टरनेट तथा टीभी सेवा प्रदायक संघ, संस्थाहरुले नेपाल विद्युत प्राधिकरणले चर्को महसुल लगाएको उल्लेख गर्दै आफ्ना सबै सेवाहरु बन्द गर्ने चेतावनी दिएको छ ।
नेपाल विद्युत प्राधिकरणले पोलको समेत रेट बढाएपछि आक्रोशित भएका इन्टरनेट तथा टीभी सेवा प्रदायक संघ, संस्थाहरुले शुक्रबार काठमाण्डौमा पत्रकार सम्मेलन गरी आफ्ना सेवाहरु बन्द गर्नुपर्ने अवस्था आएको जानकारी गराएका हुन् । ५० रुपैयाँ तिर्दै आएको पोलको भाडा १४ हजारभन्दा बढी पुर्याएपछि आफ्ना सबै सेवाहरु बन्द गर्ने अवस्था आएको इन्टरनेट तथा टीभी सेवा प्रदायक समन्वय समितिका संयोजक दिनेश सुवेदीले जानकारी दिनुभयो ।
नेपाल विद्युत प्राधिकरणले वृद्धि गरेको महसुल निकै चर्को भएको र आफूहरुले तिर्न नसक्ने बताउँदै आएका टीभी तथा इन्टरनेट सेवा प्रदायक संघ, संस्थाहरुले आफ्ना सेवा बन्द गर्ने अवस्था आएकोतर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराएका हुन । समितिका संयोजक सुवेदीले ३५ अर्ब बढी लगानी गरेका केबल टीभी सञ्चालकहरुलाई मारमा पार्ने गरी सेवा शुल्क लिने काम गरेको भन्दै आपत्ति पनि जनाउनुभयो ।
नेपाल विद्युत प्राधिकरणले एकलौटी भाडा वृद्धि गरेको र त्यसलाई पुनरावलोकन गर्न प्रधानमन्त्री, अर्थमन्त्री र उर्जामन्त्रीलाई ज्ञापन पत्र बुझाउँदा पनि बेवास्ता गरिएको इन्टरनेट तथा केवल टीभी सञ्चालनहरुको गुनासो छ । ती संस्थाहरुले तार काटेर आफ्नो सेवा बन्द गरे सम्पूर्ण इन्टरनेट तथा सञ्चार माध्यमहरु प्रभावित हुनेछन् । संयोजक सुवेदीले ५० रुपैयाँ तिर्नुपर्ने पोलको भाडादर १४ हजार ५ सय किन ? पुर्याएको भनि सरकारलाई प्रश्न पनि गर्नु भयो ।
नेपाल केआल टेलिभिजन महासंघ, इन्टरनेट सेवा प्रदायक संघ र डिश मिडिया नेटवर्क लिमिटेड आवद्ध रहेको सो समन्वय समितिले नेपाल विद्युत प्राधिकरणले पछिल्लो पटक तोकेको चर्को मूल्य नघटाए सरकारविरुद्ध नै कडा आन्दोलन गर्न बाध्य हुने चेतावनीसमेत दिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
sanjay chaudhary
May 12, 2019, 9:08 p.m.कसको नियममा चल्न थाल्यो फेरि नेपाल बिद्द्युत प्राधिकरण ? त्यति महँगो असुली गरेर कसको भुँडी भर्नालाई यस्तो महँगो पार्न थालेको ?
गोकर्ण
May 10, 2019, 7:02 p.m.पचास रुपैयाबाट चौध हजार पुर्याउनु पनि न्यायोचित भएन यदि वृद्धि भएको भाडा सेवा प्रदायकहरुले तिरे भने पनि जनसाधारणले सेवा उपभोग गर्न सक्दैनन् अनि देशको आर्थिक वृद्धि ओरालो