यी २ वटा औषधि बजारबाट तुरुन्त फिर्ता गर्न निर्देशन
बैशाख ८, २०८२ सोमबार
काठमाण्डाै - देशैभरका वनमा डढेलो लाग्ने क्रम बढेपछि सरकारले सावधानी अपनाउन आग्रह गरेको छ ।
गएको २४ घण्टामा ४३ जिल्लाका दुई हजार चार ठाउँमा डढेलो लागेपछि सरकारले सावधानी अपनाउन आग्रह गरेको हो ।
वन तथा भू–संरक्षण विभागका उपसचिव एवं डढेलो विज्ञ सुन्दर शर्माले डढेलो लाग्न नदिन वनमा आगो नलगाउने, सलाई, लाइटर जस्ता प्रज्वलनशील पदार्थ बच्चालाई नदिने, सुकेका पात पतिंगर, बाँस, वेत, खर खडाईका साथ साथै सुकेका काठ दाउरा जथाभावी नजलाउने, सामुदायिक वनमा वन पथ बनाउने र एक ब्लकमा लागेको आगो अर्को क्षेत्रमा सल्कनबाट रोक्न सुरक्षा घेरा बनाउन सकिने बताउनुभयो ।
नेपालको इतिहासमा पहिलो पटक एकै दिन गएको २४ घण्टामा दुई हजारभन्दा बढी ठाउँमा डढेलो लागेको हो ।
नेपालमा मध्य फागुनदेखि मध्य बैशाखसम्म आगलागी र डढेलोका घटना बढी हुने गरे पनि यो बर्ष डढेलो लाग्ने क्रम फरक देखिएको डढेलोविद् शर्माले बताउनुभयो ।
जलवायु परिवर्तनका कारणले तापमानमा वृद्धि हुँदा डढेलोका घटना बढेको हुन सक्ने अनुमान गरिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।