हावाहुरीसहित वर्षाको सम्भावना : मौसम पूर्वानुमान महाशाखा

 बैशाख २९, २०७६ आइतबार ७:२२:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आइतबार देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन, हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

आइतबार र सोमबार पश्चिमका थोरै स्थानमा र मध्य तथा पूर्वका धेरै स्थानमा हावाहुरी र वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आइतबार साँझपख पश्चिमका केही भूभागसहित मध्य र पूर्वी भूभागमा हावाहुरीसहित पानी पर्ने सम्भावना भएको मौसमविद् मञ्जु बासीले बताउनुभयो । पश्चिमी वायुको प्रभावका कारण मेघगर्जन र हावाहुरीसहित पानी पर्ने सम्भावना भएको हो । 

यस्तै आइतबार बेलुका हिमाली क्षेत्रमा हल्का  हिमपातको सम्भावना रहेको पनि मौसमविद् बासीले बताउनुभयो । तर ठूलो हिमपातको सम्भावना नभएकाले आत्तिहाल्ने अवस्था नभएको तर हिमाल आरोहणमा जाने पर्यटकले केही सावधानी भने अपनाउनुपर्ने उहाँले बताउनुभयो । 

नेपालगञ्जको तापक्रम शनिबार यो वर्षकै सबैभन्दा धेरै ४३ दशमलव ५ डिग्री सेल्सियससम्म पुगेको थियो । आइतबार भने नेपालगञ्जसहित देशभरकै तापक्रम केही घट्ने अनुमान गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

अन्तिम अपडेट: चैत ११, २०८०

1 Comments

  • भीम गौतम

    May 12, 2019, 7:49 a.m.

    हचुवा को भरमा नभनौ । हिजो पनि तेहि कुरा थियो बेलुकी पख काम पर्दा नि बहिर निस्किएन ।। केहि पनि आएन ।।।। आज के हुनि हो हेरौ।।।।

  •  0 Reply

तपाईको प्रतिक्रिया