अन्तर्राष्ट्रिय नर्सिङ दिवस आज, नेपालमा पनि विविध कार्यक्रम गरेर मनाइँदै

 बैशाख २९, २०७६ आइतबार ९:३६:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – अन्तर्राष्ट्रिय नर्सिङ दिवस आइतबार मनाइँदैछ । आधुनिक नर्सिङका संस्थापक फ्लोरेन्स नाइटिङ्गलको जन्मदिनको अवसर पारेर अन्तर्राष्ट्रिय नर्सिङ काउन्सिल आइसिएनको आह्वानमा हरेक वर्ष मे १२ तारिखमा यो दिवस मनाउने गरिन्छ ।

नेपालमा नर्सिङ कलेज तथा सम्बन्धित संघसंस्थाहरुले दिवसका अवसरमा आइतबार विभिन्न कार्यक्रम गर्दैछन् । नेपालमा नर्स, अनमी र विदेशबाट नेपालमा काम गर्न आएका नर्स गरी झण्डै ४८ हजार ९ सय भन्दा धेरै रहेका नेपाल नर्सिङ परिषदको तथ्याङकमा उल्लेख छ ।

नेपालमा सरकारी तथा निजी स्तरमा गरी झण्डै साढे २ सय शिक्षण संस्थाबाट वार्षिक रुपमा ८ हजार भन्दा धेरै जनशक्ति उत्पादन हुने गरेका छन् । योग्यता अनुसार रोजगारी नपाउनु, विशेषज्ञता अनुसार पदपूर्ति हुन नसक्नु, काममा पनि विभेद हुनु जस्ता कठिनाइ अहिले भोगिरहेका मुख्य समस्या भएको नर्सहरुको गुनासो छ ।

विकसित देशमा सामान्यतया तीनजना बिरामीका लागि १ जना नर्स हुनुपर्ने प्रावधान छ । तर नेपालमा एकजना नर्सले २० देखि ३० जना भन्दा धेरै बिरामी हेर्नुपरेको तथ्यांक छ । 

यसैबीच, भक्तपुरको राष्ट्रिय मानव अंग प्रत्यारोपण केन्द्रका दुईजना नर्सले शनिबारदेखि आमरण अनसन सुरु गरेका छन् । केन्द्र संचालन भएदेखि कार्यरत नर्सलाई प्राथमिकतामा राखेर स्थायी गरिनुपर्ने, अनुभव हेरेर बढुवा गर्नुपर्ने, जोखिम भत्ताको व्यवस्था गर्नुपर्नेलगायतका माग पूरा नगरेको भन्दै नर्स डिकी शेर्पा र जिता बरालले आमरण अनशन सुरु गर्नुभएको हो । 

शेर्पा केन्द्रको भवन भक्तपुरमा र बराल महाराजगञ्जमा रहेको नर्सिङ संघको भवनमा आमरण अनसन बस्नुभएको छ । 


 

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया