फरार अभियुक्त ९ वर्षपछि पक्राउ

 बैशाख २९, २०७६ आइतबार १२:२८:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

ललितपुर- कर्तव्य ज्यान मुद्दामा फरार एक व्यक्ति ९ वर्षपछि ललितपुरबाट पक्राउ परेका छन् । 

काभ्रेपलाञ्चाेक जिल्ला महाभारत गाउँपालिका-२ का दीर्घबहादुर गोलेको धारिलो हतियार प्रयोग गरेर हत्या गरे पछि भागेका इन्द्रबहादुर मोक्तान ललितपुर महानगरपालिका-२ सानेपाबाट पक्राउ परेका हुन् । 

अभियुक्त मोक्तानलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

२०६७ सालमा गोलेको हत्या गरेर ३८ वर्षीय मोक्तान फरार भएका थिए । मोक्तानलाई अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चाेक पठाइएको प्रहरीले जानकारी दिएको छ । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया