यी २ वटा औषधि बजारबाट तुरुन्त फिर्ता गर्न निर्देशन
बैशाख ८, २०८२ सोमबार
काठमाण्डौ - कलंकी–कोटेश्वर सडक खण्डमा आकाशे पुल निर्माण कार्य धमाधम भइरहेको छ । कोटेश्वर, बालकुमारी र बागडोल गरी तीन ठाउँमा पहिले नै आकाशे पुलहरु निर्माण भइसकेका थिए ।
अहिले थप ६ ठाउँमा पुल निर्माण कार्य भैरहेको सडक विस्तार योजनाका प्रमुख अमृतमणि रिमालले जानकारी दिनुभयो । १० किलोमिटर सडक खण्डका लागि तीनवटा पुल मात्र पर्याप्त नभएको भन्दै सडक विभागले थप ६ वटा पुल निर्माण गर्न लागेको हो । सडक विस्तार गर्ने क्रममा तीनवटा पुल चीन सरकारले पहिले नै निर्माण गरिदिएको थियो ।
अहिले बल्खु, सानेपा, एकान्तकुना, महालक्ष्मीस्थान, बालकुमारी र सातदोबाटोमा आकाशे पुल निर्माण कार्य भैरहेको छ । झण्डै २१ करोड रुपैयाँ लागतमा ती पुलहरु निर्माण कार्य अगाडि बढेको योजनाका प्रमुख रिमालले बताउनुभयो । अहिलेसम्म ४० प्रतिशत काम भइसकेको र असोजभित्र पुल निर्माणको सम्पुर्ण काम सकिने उहाँले बताउनुभयो ।
वि.सं. २०७४ को साउनमा पुल निर्माणको योजना बनेको थियो । तर बीचमा चीन सरकारले निर्माण गरिरहेको सडक विस्तारको काममा असर पर्ने भएकोले काम अगाडि बढेको थिएन । गएको जनवरीमा चीन सरकारले कलंकी–कोटेश्वर सडक खण्ड नेपाल सरकारलाई हस्तान्तरण गरेपछि पुल निर्माणको काम तीव्र गतिमा अगाडि बढाइएकाे उहाँकाे भनाइ छ ।
नयाँ बन्ने पुलहरु अपाङ्गमैत्री बन्ने भनिए पनि बजेट अभावका कारण पुल अपाङ्गमैत्री बनाउन नसकेको रिमालले बताउनुभयो । ‘अहिले प्राप्त बजेटले सामान्य ओहोरदोहोर गर्नको लागि मात्र पुल निर्माण गर्न सकिने रहेछ’, उहाँले भन्नुभयो, ‘अपाङ्गमैत्री पुलका लागि संरचना नै फरक पर्ने हुँदा अहिले त्यस्ता पुल निर्माण गर्न समस्या भएको हो । तर केही समयमा नै हामी त्यसको लागि पनि प्रयास गर्नेछौँ ।’
पहिले बनेका पुलहरुमा चढ्न र ओर्लनको लागि एकतर्फी मात्र सिँढी भए पनि अहिले बनिरहेका पुलहरुमा दुईतर्फी सिँढीहरु हुने उहाँले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।