अमेरिकी डलरमा नयाँ रेकर्ड : एक डलरको एक सय ३५ रुपैयाँ नाघ्यो
कात्तिक २२, २०८१ बिहिबार
काठमाण्डाै - नेपाल जुडो संघले दक्षिण एसियाली खेलकुद प्रतियाेगिता (साग)का पदक विजेता फुपुल्हामू खत्री र रमेश मगरलाई कारबाही गरेको छ ।
जुडो संघका अध्यक्ष दीपकहर्ष बज्राचार्यले ओलम्पिक सोलिडारिटी कोर्षका लागि जापान गएकी फुपुले बीचैमा छाडेर आएकाले उनलाई कारबाही गरेको जानकारी दिए ।
खत्री समयावधिभन्दा अगावै जापानको कुनै पनि निकायलाई सूचना नगरी बीचमै प्रशिक्षण छाडेर स्वदेश फर्केको र कार्यक्रम अवधिभर जापानमा प्रशिक्षणमा रहेको बेलाको रिर्पोटको आधारमा उनलाई टोकियो ओलम्पिक २०२० सम्म कुनै पनि जुडोका कार्यक्रममा सहभागी हुन नपाउने गरी प्रतिबन्ध लगाएको छ ।
यस्तै अर्का खेलाडी तथा प्रशिक्षक रमेशले ११ हप्ते सैद्धान्तिक परीक्षा उत्तीर्ण भए पनि विदेशमा पलायन भइ नेपालको छविको आँच पुर्याउने काम गरेकाले उनलाई १० वर्षको प्रतिबन्ध लगाइएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।