नेपाल स्टक एक्सचेञ्जको वेबसाइटमा समस्या

 बैशाख ३१, २०७६ मंगलबार १२:३४:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल स्टक एक्सचेञ्जको वेबसाइटमा समस्या आएको छ ।

इन्टरनेट सेवा प्रदायकको फाइबर चुँडिएकाले मंगलबारको कारोबारको प्रत्यक्ष विवरण वेबसाइटमा नदेखिएको नेप्सेले जनाएको छ । शेयरको कारोबार भने भइरहेको छ ।

यो समस्या छिट्टै समाधान गरिने पनि स्टक एक्सचेञ्जले सूचना निकालेर जानकारी गराएको छ । 
 

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया