‘सञ्जु’ ले तेस्रो दिनसम्म पनि मच्चाउँदैछ धमाका, ‘बाहुबली २’ को रेकर्डसमेत तोड्यो

 असार १८, २०७५ सोमबार १६:२५:५२ | एजेन्सी
unn.prixa.net

रणवीर कपूर अभिनित ‘सञ्जु’ प्रदर्शन सँगै बलिउडका स्थापित सुपरस्टालाई समेत ओझेल पारिदिएका छ । जून २९ प्रदर्शनको पहिलो दिन जति उत्साह दर्शकमाझ थियो त्यही उत्साह अहिलेसम्म कायमै छ । 

१२ वर्षको फिल्म करियरमा रणवीर कपूरको १९औं फिल्म ‘सञ्जु’ ले उनलाई सफलताको शिखरमा पु¥याइदिएको छ । उनको अभिनय तथा एक्सनले बलिउडका स्थापित सुपरस्टारबीच हलचल नै  मच्चाइदिएको छ । प्रदर्शनको चौथो दिनसम्म आइपुग्दा ‘सञ्जु’ हेरिसकेका दर्शक उनको प्रशंसा गर्नमा थाकिरहेका छैनन् भने फिल्म हेर्न बाँकी रहेका दर्शक टिकटका लागि तँछाडमछाड गरिरहेका छन् । 

‘सञ्जु’ मा रणवीर कपूरको अभिनय मात्रै होइन, परेश रावल, विक्की कौशल र मनिषा कोइरालाको अभिनयको पनि त्यतिकै चर्चा भइरहेको छ । प्रदर्शनपछिका दिनहरुमा ‘सञ्जु’को व्यापार घट्नुको साटो बढिरहेको छ । ‘सञ्जु’ को तेस्रो दिनको व्यापारले त झनै बलिउडमा तहल्का मच्चाइदिएको छ । सञ्जु’ ले तेस्रो दिन ४६.७१ करोड कमाउदै १२०.०६ करोडको व्यापार गर्दै बलिउडमा धमाका मच्चाइरहेको छ । तेस्रो दिनमा ‘बाहुबली २’ ले कमाएको रकम भन्दा धेरैको व्यापार गर्दै ‘बाहुबली २’ को रेकर्ड समेत तोडिदिएको छ । 

अभिनेता सञ्जय दत्तको जीवनीमा आधारित चलचित्र ‘सञ्जु’ले प्रदर्शन भएको तेस्रो दिनमै कयौं रेकर्ड बनाउदै बलिउडमा इतिहास रचेको छ । 

‘सञ्जु’ ले बनाएका पाँच रेकर्ड

पहिलो रेकर्ड – ‘सञ्जु’ ले प्रदर्शन भएको पहिलो दिनमै ३४.७५ करोडको व्यापार गरेको छ । बलिउडमा सन् २०१८ मा यसअघि कुनै पनि फिल्मले यति व्यापार गर्न सकेका थिएनन । यस अघि जून १५ मा सलमान खानको ‘रेस ३’ ले पहिलो दिन २९.१७ करोड ओपनिङ गरेको थियो । यस्तै टाइगर श्राफको ‘बागी २’ ले २५.२ करोड कमाएको थियो भने दीपिका पादुकोण, रणवीर सिंह र शाहिद कपूको ‘पद्मावत’ले २४ करोडको ओपनिङ्ग गरेको थियो । 

दोस्रो रेकर्ड –  यस्तै रणवीर कपूरले अहिलेसम्म काम गरेका फिल्महरुमध्ये ‘सञ्जु’ यस्तो फिल्म हो जसले पहिलो दिनमै सर्वाधिक कमाई गरेको छ । यसअघिका उनका फिल्ममध्ये ‘बेशर्म’ ले २१.५६ करोड, ‘ये जवानी हे दिवानी’ ले १९.४५ करोड, ‘ऐ दिल हे मुश्कील’ ले १३.३० करोड, ‘तमाशा’ ले १०.९४ करोड र ‘बर्फी’ ले ८.५ करोड पहिलो दिनमा कमाएका थिए । 

तेस्रो रेकर्ड – प्रदर्शनको पहिलो हप्तामा १२०.०६ करोड व्यापार गर्दै सञ्जु पहिलो हप्तामै सर्वाधिक कमाई गर्ने फिल्म बनेको छ । यसअघि सलमान खानको फिल्म ‘टाइगर जिन्दा हे’ ले पहिलो हप्तामा ११५ करोड कमाउँदै यो रेकर्ड बनाएको थियो । 

चौथो रेकर्ड – रणवीर कपूरले ‘सञ्जु’ बाट बलिउडका ओपनिङ्ग किंगका रुपमा चिनिने सलमान खान, रणवीर सिंह र टाइगर श्राफलाई पछि पार्दै २०१८ मा बलिउडको बक्स अफिसमा सर्वाधिक ओपनिङ्ग गर्ने अभिनेताको लिष्टमा नम्बर १ मा दरिएका छन । यस्तै उनको ‘सञ्जु’ ले प्रदर्शनको तेस्रो दिन साउथका सुपर स्टार प्रभास अभिनित मेगाबजेटमा निर्माण गरिएको फिल्म ‘बाहुबली २’ को रेकर्ड समेत ध्वस्त पारिदिएका छन । 
‘बाहुबली २’ ले प्रदर्शनको तेस्रो दिन ४६.५० करोड कमाएको थियो भने सञ्जु’ ले तेस्रो दिन ४६.७१ करोड को व्यापार गर्दै ‘बाहुबली २’ को रेकर्ड खोस्दै आफ्नो नाममा बनाएको छ । 

पाँचौं रेकर्ड – निर्देशक राजकुमार हिरानीद्वारा निर्देशित फिल्म ‘सञ्जु’ ले उनकै अर्को फिल्म ‘पिके’ ले बनाएको रेकर्ड समेत तोडिदिएको छ । सन् २०१४ मा प्रदर्शन भएको हिरानीद्वारा निर्देशित ‘पिके’ ले पहिलो दिनमा २६.६३ करोड कमाएको थियो । 
 

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया