यी २ वटा औषधि बजारबाट तुरुन्त फिर्ता गर्न निर्देशन
बैशाख ८, २०८२ सोमबार
भक्तपुर – कार्यवाहक प्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले सार्वजनिक खरिद ऐनका केही प्रावधान विकासको बाधकको आधार भएकाले त्यस ऐन संशोधन गरिने बताउनुभएको छ ।
उहाँले केही ठूला निर्माण व्यवसायीले निर्माण कार्यको ठेक्का सम्झौता गरी २० प्रतिशत मोभिलाइजेशन लिने तर राजनीतिक पहुँचका आधारमा काम नगर्ने परिपाटीको विकास भएकाले त्यस्तो प्रणालीको अन्त्य गर्न ऐन नै संशोधन गर्ने तयारी भइरहेको बताउनुभयो ।
भक्तपुरको नगरकोटस्थित तेलकोटमा प्रदेश सभा सदस्य स्वर्गीय हरिशरण लामिछानेको नाममा निर्माण हुन लागेको तेलकोटदेखि भट्टेडाँडासम्मको साढे सात किमि हरिगुरु मार्गको सडक शिलान्यास गर्दै रक्षामन्त्री पोखरेलले विकासको काम कुनै पार्टी विशेषको नहुने भएकाले सबै पार्टी मिलेर विकास र समृद्धिको अभियानमा एकजुट हुन आग्रह गर्नुभयो । उहाँले नगरकोटलगायतका ठूला निर्माण कार्यमा ढिलासुस्ती गर्ने, आलटाल गर्ने, लापर्वाही गर्ने र गुणस्तरहीन निर्माण कार्य गर्ने व्यवसायीलाई कारबाहीको दायरामा ल्याउने बताउनुभयो ।
मन्त्री पोखरेलले सरकारले देशको विकास र समृद्धिको आधार निर्माण गरिसकेकाले आर्थिक वर्ष ०७६/०७७ विकासको वर्ष हुने उल्लेख गर्नुभयो । उहाँले देश संघीयतामा गइसकेकाले प्रदेश र स्थानीय सरकारलाई आफ्नो अधिकारको पुरा उपयोग गर्नसमेत दुवै तहका सरकारलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा गरिबी निवारण कोषका उपाध्यक्ष निर्मलकुमार भट्टराई, जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलाल, चाँगुनारायण नगरपालिकाका उपप्रमुख बिना बास्तोला, प्रमुख प्रशासकीय अधिकृत चिरन्जिवी तिमिल्सेनालगायतले अब भाषणबाट मात्र विकास नहुने भएकाले सबै जनप्रतिनिधिहरुले आ–आफ्नो जिम्मेवारी पूरा गर्न सकेमात्र समृद्धि सम्भव भएको बताउनुभयो ।
मन्त्री पोखरेलले केन्द्र सरकारको २ करोड ८५ लाख र चाँगुनारायण नगरपालिकाको ५ करोड ६१ लाख गरी ८ करोड ४७ लाख लागतको साढे सात किमि सडक निर्माण कार्यको शिलान्यास गर्नुभयो । हरिगुरु मार्ग नामाकरण गरिएको त्यस सडक ६ महिनाभित्र निर्माण सम्पन्न हुने चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।