वुमन्स च्याम्पियन्स लिगमा छानिए ५५ खेलाडी: मूल्य २५ देखि ७५ हजारसम्म

 बैशाख ३१, २०७६ मंगलबार २०:२८:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - वुमन्स च्याम्पियन्स लिग (डब्लुसीएल टी-२० लिग) को ड्राफ्ट आज काठमाण्डाैमा सम्पन्न भएको छ ।

काठमाण्डाैमा मंगलबार साँझ सकिएको ड्राफ्टबाट ५५ खेलाडीलाई ५ टोलीले अनुबन्ध गरेका छन् । नेपालमै पहिलो पटक भएको ड्राफ्टमा जम्मा १ सय सात जना खेलाडीले आफ्नो नाम दर्ता गराएका थिए । डब्लूसीएलमा ललितपुर फाल्कन्स, पोखरा पल्टन, क्याट क्वीन्स, चितवन राइनोज र विराटनगर टाइन्टस रहेका छन् । जसमा ड्राफ्टबाट हरेक टोलीले ११-११ खेलाडी छानेका छन् ।

तीन श्रेणीमा खेलाडीलाइ छुट्याएर ड्राफ्टमा राखिएको थियो । डायमण्ड श्रेणीमा राष्ट्रिय टोलीबाट खेलिरहेका खेलाडीहरू थिए जसले ७५ हजार रूपैयाँ पाउनेछन् । रुबीजमा राष्ट्रिय टोलीबाट कुनै पनि अन्तर्राष्ट्रिय खेलमा प्रतिनिधित्व गरिसकेका खेलाडी राखिएको थियो जसको मूल्य ५० हजार थियो । सफायरमा क्षेत्र वा प्रदेशबाट राष्ट्रिय प्रतियोगिता खेलेका खेलाडी रहेका थिए जसको मूल्य २५ हजार थियो ।

ड्राफ्टमा छनोट भएका खेलाडीहरु :

१. काजल श्रेष्ठ – चितवन राइनोज – डायमन्ड
२. ज्योती पाण्डे – विराटनगर टाइटन्स – रुबीज
३. कविता कुवँर – पोखरा पल्टन – डायमन्ड
४. ममता चौधरी – ललितपुर फाल्कन्स – डायमन्ड
५. अप्सरी बेगम – क्याट क्वीन्स – डायमन्ड
६. रोमा थापा – क्याट क्वीन्स – डायमन्ड
७. करुणा भण्डारी – ललितपुर फाल्कन्स – डायमन्ड
८. अन्जली चन्द – पोखरा पल्टन – रुबीज
९. सोनु खड्का – विराटनगर टाइटन्स – डायमन्ड
१०. रितु कनौजिया – चितवन राइनोज – डायमन्ड
११. सुमन विष्ट – क्याट क्वीन्स – सफाएर
१२. कविता जोशी – ललितपुर फाल्कन्स – सफाएर
१३. डली भट्ट – विराटनगर टाइटन्स – रुबीज
१४. सुमन खतिवडा – चितवन राइनोज – सफाएर 
१५. रुबी पोद्दार – पोखरा पल्टन – सफाएर
१६. विन्दु रावल – पोखरा पल्टन – डायमन्ड
१७. रेखा रावल – चितवन राइनोज – रुबीज
१८. लक्ष्मी चौधरी – विराटनगर टाइन्टस – रुबीज
१९. सरिता दिस्वा मगर – ललितपुर फाल्कन्स – रुबीज
२०. रश्मी शर्मा चौलागाईं – क्याट क्वीन्स – रुबीज
२१. सरस्वती पुन – चितवन राइनोज – सफाएर
२२. अनुराधा चौधरी – पोखरा पल्टन – रुबीज
२३. कृती सेन – ललितपुर फाल्कन्स – सफाएर
२४. आरती विडारी – विराटनगर टाइटन्स – डायमन्ड
२५. संगीता राई – क्याट क्वीन्स – रुबीज
२६. सरस्वती चौधरी – क्याट क्वीन्स – रुबीज
२७. सबनम राई – विराटनगर टाइटन्स – रुबीज
२८. रोशनी बोहोरा – ललितपुर फाल्कन्स – रुबीज
२९. रेवती धामी – पोखरा पल्टन – सफाएर
३०. अस्मिता खरेल – चितवन राइनोज – सफाएर
३१. प्यारी चौधरी – चितवन राइनोज – सफाएर
३२. सीमा थापा – ललितपुर फाल्कन्स – सफाएर
३३. नितु भण्डारी – क्याट क्वीन्स – सफाएर
३४. मञजुकुमारी बोगटि – पोखरा पल्टन – सफाएर
३५. कृतिका मरासिनी – विराटनगर टाइटन्स – सफाएर
३६ . अस्मिना कर्माचार्य – विराटनगर टाइटन्स – सफाएर
३७ . राजमती ऐरी – पोखरा पल्टन – सफाएर
३८.ममता थापा – क्याट क्वीन्स – रुबीज
३९. गीता गोसाई – ललितपुर फाल्कन्स – सफाएर
४०. कन्चन श्रेष्ठ – चितवन राइनोज – सफाएर
४१. ईश्वरी विष्ट – क्याट क्वीन्स – सफाएर
४२. सरस्वती घर्ती मगर – पोखरा पल्टन – सफाएर
४३. शान्तिकुमारी चौधरी – ललितपुर फाल्कन्स – सफाएर
४४. सन्तोषी चौधरी – चितवन राइनोज – रुबीज
४५. शर्मीला रोका मगर – विराटनगर टाइटन्स – सफाएर
४६.सन्जु लामा – चितवन राइनोज – सफाएर
४७. सम्झना खड्का – ललितपुर फाल्कन्स – सफाएर
४८. नविना खड्का – पोखरा पल्टन – सफाएर
४९. लक्ष्मी साउद – क्याट क्वीन्स – सफाएर
५०. मनीषा राना – क्याट क्वीन्स – सफाएर
५१. निशा भट्ट – पोखरा पल्टन – सफाएर
५२.अलिशा केसी – ललितपुर फाल्कन्स – सफाएर
५३. सावित्रा जिसी – चितवन राइनोज – सफाएर
५४. प्रतिक्षा बस्याल – विराटनगर टाइटन्स – रुबीज
५५. कृष्मा गुरुङ – विराटनगर टाइटन्स – सफाएर

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया