जेठ ३ गते सबै जनवर्गीय स‌ंगठनकाे एकिकरण सम्पन्न हुन्छ : नेकपा अध्यक्ष प्रचण्ड

 जेठ १, २०७६ बुधबार १७:१:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले पार्टीका युवा संगठनहरुको एकिकरणको काम दुई दिनभित्र टुंगो लगाइने घोषणा गर्नु भएको छ ।

अध्यक्ष दाहालले जनवर्गीय संगठनहरुको एकिकरणको कामलाई पनि २ दिन भित्र सम्पन्न गर्न आफूले जोड दिएको पनि स्पष्ट पार्नुभयो । उहाँले मदन भण्डारी स्मृति दिवसको अवसर पारेर जेठ ३ गते पार्टीका सबै जनवर्गीय संगठनहरुको एकिकरणको काम सम्पन्न हुने गरी बिहीबार बिहान पार्टीको सचिवालयको बैठक बोलाइएको पनि जानकारी दिनुभयो ।

युवा संघ, नेपालको स्थापना दिवसको अवसर पारेर बुधबार काठमाण्डाैमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले मदन भण्डारी स्मृति दिवसको दिन युवा संगठनहकरुको एकिकरण भने हुने घोषणा पनि गर्नुभयो । अन्य संगठनहरुको एकीकरणको काममा केही ढिलाई हुन सक्ने अध्यक्ष दाहालको भनाइ छ ।

अध्यक्ष दाहालले पार्टीका नेताहरु केपी ओली, माधव नेपाल र झलनाथ खनाललाई प्रधानमन्त्री बनाउन आफूले पहल गरेको स्मरण पनि गराउनुभयो । उहाँले आफूले केही गर्न खोजेको उल्लेख गर्दै पार्टीका नेताहरुको साथ र सहयोगको अपेक्षा गरिएको पनि बताउनुभयो । तर उहाँले के गर्न खोजेको हो भन्ने चाहिँ स्पष्ट पार्नु भएन ।

अध्यक्ष दाहालले नागरिक र राष्ट्रको चाहना र भावनाको जगमा दुई पार्टीबीच एकता भएको पनि स्पष्ट पार्नुभयो ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया