एएफसी कप : मनाङ मर्स्याङ्दीले मिनर्भा पञ्जाबलाई १-१ काे बराबरीमा राेक्याे

 जेठ १, २०७६ बुधबार १७:३५:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

एएफसी कपअन्तर्गत मिनर्भा पञ्जाबविरुद्धको होम म्याचमा मनाङले एक-एक गोलको बराबरी खेलेको छ । यो बराबरीले मनाङको दोस्रो चरणमा पुग्ने सम्भावना झन कठिन बनेको छ । 

सातदोबाटोस्थित एन्फा मैदानमा भएको खेलमा मनाङले मिनर्भाको एक गोलको अग्रता उल्ट्याएको हो । घरेलु दर्शकमाझ मनाङले पहिलो हाफमा सन्तोसजनक खेल खेल्न सकेन । खेलको १२ औं मिनेटमा मिनर्वाको एक उत्कृष्ट प्रहार पोस्टको क्रस बारमा लागेर फर्किएको थियो । तर ३९ औं मिनेटमा थोइवा सिंहले गोल गर्न सफल भए । मनाङको डिफेन्सको कमजोरीको फाइदा उठाउँदै मिनर्भाले गोल गर्न सफल भए ।

एक गोलको अग्रता बनाएको मिनर्भाका प्रतिक जोशी पहिलो हाफको अन्तिममा दोहोरो पहेलो कार्ड पाउँदै मैदानबाट बाहिरीएपछि १० खेलाडीमा झर्‍यो ।

पहिलो हाफमा एक गोलले पछि परेको मनाङले दोस्रो हाफमा केही सुधारिएको प्रदर्शन गरेको थियो । तर ५९ औँ मिनेटमा अञ्जन विष्ट चुक्न पुगे भने ६७ औँ मिनेटमा ओलाओलेले सही दिशा दिन सकेनन् ।

८० औँ मिनेटमा मनाङका अजिजले गोल गर्दै खेल बराबरीमा पुर्‍याए ।

खेलको अन्त्यतिर मिनर्भाले दुई वटा सुन्दर मौका पाएको थियो । तर दुवै प्रहारलाई मनाङले कठिन रुपमा बचाउ गर्‍यो । खेलको इन्जुरी समयमा ओलाओलेको प्रहारलाई मिनर्भाका गोलकिपरले बचाए । 
 
यो बराबरीले मनाङको चार खेलबाट दुई अंक बनाएको छ भने मिनर्भाले चार अंक बनाएको छ ।

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया