यी २ वटा औषधि बजारबाट तुरुन्त फिर्ता गर्न निर्देशन
बैशाख ८, २०८२ सोमबार
काठमाण्डौ – अख्तियारका दुरुपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त राजनारायण पाठक विशेष अदालतमा ७८ लाख रुपैयाँ धरौटी बुझाएर छुटेका छन् । उनी नेपाल बंगलादेश बैंकमार्फत बैंक ग्यारेन्टी राखेर छुटेका हुन् ।
नेपाल इन्जिनियरिङ कलेजको मुद्दा मिलाइदिने भन्दै अख्तियार दुरुपयोग अनुसन्धानका पूर्व आयुक्त पाठकले ७८ लाख घुस लिएको समाचार सार्वजनिक भएको थियो । समाचार सार्वजनिक भएसँगै पाठकले आयुक्तबाट राजीनामा दिएका थिए । सञ्चार माध्यममा पाठकले घुस लिएको भिडियो सार्वजनिक भएपछि अख्तियार आफैले पाठकको बारे अनुसन्धान गरेको थियो ।
विशेष अदालतमा बुधबार भएको थुनछेक बहसमा पाठकसँग ७८ लाख रुपैयाँ धरौटी माग गरेको हो । पाठकको मुद्दामा विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी तथा सदस्यहरु द्वारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलासमा बयान चलेको थियो । बयानपछि भएको थुनछेकमा उनलाई धरौटी माग्ने निर्णय गरेको हो ।
पाठकसँगै घुस प्रकरणमा प्रतिवादी बनाइएका लम्बोदर न्यौपाने भने फरार छन् । कलेजको मुद्धा मिलाउन भन्दै घुस रकम लिएको भिडियो बाहिरिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्ना पूर्वआयुक्त पाठकविरुद्ध चैत १२ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।