यी २ वटा औषधि बजारबाट तुरुन्त फिर्ता गर्न निर्देशन
बैशाख ८, २०८२ सोमबार
काठमाण्डौ – विभिन्न १० जलविद्युत कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् । कम्पनीमध्ये सबैभन्दा बढी चुक्ता पुँजी बुटवल पावर कम्पनीको रहेको छ । यो कम्पनीको चुक्ता पुँजी गएको आर्थिक वर्षको यसै अवधिको तुलनामा ३४ दशमलव ७९ प्रतिशतले बढेर २ अर्ब ४४ करोड ५ लाख ५५ हजार रुपैयाँ पुगेको छ ।
अरु कम्पनीमा चिलिमे हाइड्रोपावरको १९ दशमलव ९९ बढेर ४ अर्ब ७५ करोड ८१ लाख ३५ हजार, नेसनल हाइड्रोपावर १ अर्ब ३८ करोड ५९ लाख ११ हजार र सानिमा माईको २ अर्ब ३२ करोड १० लाख पुगेको छ ।
यसैगरी वरुण हाइड्रोपावरले २५ करोड ५१ लाख ५० हजार, रिडी हाइड्रोपावरले ५३ करोड ११ लाख १८ हजार, छ्याङदी हाइड्रोपावरले २७ करोड, कालिका पावरले ६० करोड, सिनर्जी पावर कम्पनीले ७० करोड चुक्ता पुँजी पुर्याएका छन् ।
जगेडाकोषको आधारमा बरुण हाइड्रोपावरको ४२ दशमलव ४९ प्रतिशतले बढेर २ करोड ५३ लाख ७९ हजार र सानिमा माइको ४ दशमलव ८८ प्रतिशतले बढेर ४६ करोड ३५ लाख २० हजार पुगेको छ ।
चिलिमे हाइड्रोपावर ४ अर्ब ५१ करोड ६ लाख ९८ हजार, रिडी हाइड्रोपावर २ करोड ९६ लाख, छ्याङदी हाइड्रोपावर १ करोड ४१ लाख २७ हजार ७६१, बुटवल पावर कम्पनी ४ अर्ब ३६ करोड १६ लाख २८ हजार, कालीका पावर ४१ लाख ७० हजार ३३१ पुगेको छ । सिनर्जी पावर कम्पनी को१२ करोड २३ लाख ७९ हजार ३५१ र नेसनल हाइड्रोपावरको ४१ करोड ३० लाख ५ हजार रुपैयाँ पुगेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।