यी २ वटा औषधि बजारबाट तुरुन्त फिर्ता गर्न निर्देशन
बैशाख ८, २०८२ सोमबार
काठमाण्डाै - बैंक तथा वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकको वित्तीय विवरण सार्वजनिक गरिरहेका छन् ।
चालु आर्थिक वर्षको नौ महिनामा राष्ट्रिय वाणिज्य बैंकको मुनाफा सबैभन्दा धेरै छ भने सिभिल बैंकको सबैभन्दा कम छ । राष्ट्रिय वाणिज्य बैंक र नबिल बैंकको नाफा ३ अर्बभन्दा बढी छ । नेपाल इन्भेस्टमेन्ट, एनआईसी एसिया, नेपाल बैंक, एभरेस्ट, कृषि विकास बैंक र हिमालयन बैंकको नाफा २ अर्बभन्दा बढी छ।
बाँकी बैंकको नाफा १ अर्ब रुपैयाँभन्दा बढी छ । तर सेन्चुरीको ६१ करोड र सिभिल बैंकको नाफा ४९ करोड रुपैयाँ मात्र छ। यस्तै अधिकांश वाणिज्य बैंकले आफ्नो प्रतिशेयर आन्दानीमा सामान्य सुधार गरेको देखिएको छ । बैंकको वित्तीय विवरणअनुसार स्टान्डर्ड चार्टर्डले अरू बैंकभन्दा बढी प्रतिशेयर आम्दानीमा सुधार गरेको छ ।
यस बैंकले गएको वर्षको तुलनामा यस वर्षको तेस्रो त्रैमासमा ३ दशमलव ७५ प्रतिशतले प्रतिसेयर आम्दानी बढाएको छ । यस वर्षको प्रतिसेयर आम्दानी २८ दशमलव ८७ प्रतिशत रहेको छ । त्यस्तै, सानिमा बैंकले पनि प्रतिसेयर आन्दानीमा सुधार गरेको छ । यस बैंकले यस वर्षको तेस्रो त्रैमासिकमा २६ दशमलव ५२ प्रतिशत प्रतिसेयर आम्दानी पुगेको छ ।
गएको वर्ष २० दशमलव २१ प्रतिशत थियो । त्यस्तै, माछापुच्छ्रे बैंकको चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा प्रतिसेयर आम्दानी २० दशमलव ४६ प्रतिशत पुगेको छ । गत वर्ष यस बैंकको प्रतिसेयर आम्दानी १४ दशमलव ३१ प्रतिशत थियो ।
यस्तै सिटिजन्स इन्टरनेसनल बैंकको प्रतिशेयर आम्दानी १७ दशमलव शून्य ५ प्रतिशत रहेको छ । गत वर्ष यस बैंकको प्रतिशेयर आम्दानी १६ दशमलव ७७ प्रतिशत थियो ।
सिटिजन्स बैंकले गएको वर्षको तुलनामा शून्य दशमलव २८ प्रतिशतले प्रतिशेयर आम्दानी बढाएको छ । त्यस्तै, नेपाल एसबीआई बैंक, एभरेस्ट बैंक, नेपाल बंगलादेश बैंक, कुमारी बैंक र बैंक अफ काठमाण्डौलगायतका विभिन्न बैंकले आफ्नो प्रतिशेयर आम्दानी बढाएका छन् । नबिल बैंक, नेपाल बैंक र सिद्धार्थ बैंकले पनि आफ्नो प्रतिशेयर आम्दानी घटाएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।