मारिया सारापोभाले फ्रेन्च ओपन नखेल्ने

 जेठ २, २०७६ बिहिबार १३:५६:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

मारिया सारापोभाले फ्रेन्च ओपन नखेल्ने निर्णय गरेकी छिन् । 

प्रतियोगिता फ्रान्सको पेरिसमा १० दिनपछि अर्थात् मे २६ देखि सुरु हुँदैछ । पूर्व च्याम्पियन सारापोभा काँधको समस्याका कारण खेल्न नसक्ने भएकी हुन् । ३२ वर्षे सारापोभाले गत जनवरीदेखि कुनै प्रतियोगिता खेलेकी छैनन् । त्यसै बीचमा सारापोभाले सानो शल्यक्रिया समेत गरेकी थिइन् । 

सन् २०१२ र २०१४ को फ्रेन्च ओपन जितेकी सारापोभा गएकाे वर्षको संस्करणमा क्वार्टर फाइनलसम्म पुगेकी थिइन् ।

 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया