यी २ वटा औषधि बजारबाट तुरुन्त फिर्ता गर्न निर्देशन
बैशाख ८, २०८२ सोमबार
काठमाण्डौ – विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा आरोहण गर्न गएका दुई भारतीय नागरिककाे ज्यान गएको छ । अन्य एकजना आरोही सम्पर्कविहीन भएका छन् ।
ज्यान गुमाउने आरोहीहरुमा पश्चिम बंगालका ४६ वर्षीय कुन्तल कार्नार र ४८ वर्षीय विप्लव वैद्य रहेको पुष्टि भएको छ ।
बुधबार ८ हजार ५ सय ८६ मिटर अग्लो कञ्चनजङ्घा मुख्य शिविरमा पुगेर फर्कने क्रममा वैद्यको चौथो शिविरमाथिको क्षेत्रमा ज्यान गएको हो । त्यसैगरी कार्नारको आरोहणकै क्रममा ज्यान गएको आरोहणको जिम्मा लिएको 'पिक प्रमोशन कम्पनी' का प्रबन्ध निर्देशक केशव पौडेलले उज्यालोलाई बताउनुभयो ।
त्यसैगरी आरोहण गर्ने क्रममा चिप्लिएर सम्पर्कविहीन भएका एकजनाको खोजी कार्य भैरहेको छ ।
ज्यान गुमाउनेहरुको शव उद्धारको प्रयास भैरहेको छ । पर्वतारोहण मौसमको समयमा सयौँको संख्यामा पर्वतारोहीहरु हिमाल आरोहण गर्न आउने गर्दछन् ।
कञ्चनजङ्घालाई विश्वको अति जोखिमपूर्ण हिमालको रुपमा लिइन्छ । मौसमको केही फेरबदल हुँदा पनि यहाँ जोखिम बढ्ने गर्दछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।