दुरवाङमा गाडी पुग्दा स्थानीय खुशी

 जेठ २, २०७६ बिहीबार १२:३६:७ | उज्यालो सहकर्मी
unn.prixa.net

अर्घाखाँची – पर्यटकीय स्थल अर्घाखाँचीको खिल्जी दुरवाङमा पहिलो पटक गाडी पुगेपछि स्थानीहरु खुशी भएका छन् । दुरवाङमा गाडी पुगेपछि अर्घाखाँचीको भुमिकास्थानको खिल्जी, असुरकोटका मात्र हैन प्यूठानको ऐरावती गाउँपालिका दाङवाङका स्थानीयहरु पनि खुशी भएका छन् ।

बस सेवाको औपचारिक कार्यक्रमकाबीच भुमिकास्थान नगरपालिकाका नगर प्रमुख रेशम थापाले रिबन काटेर शुभारम्भ गर्नु भएको हो । बस सेवाको उद्घाटन गर्दै नगर प्रमुख थापाले निर्वाचनका समयमा जनतासँग गरेको बाचा अनुसार मोटरबाटो खनेर बस सेवा शुभारम्भ गरिएको बताउनुभयो ।

नगरकै विकट स्थान भनेर चिनिने दुरवाङमा स्थानीय जनताको चाहना अनुसार मोटरबाटो खन्ने कार्य सकेर बस सेवा सञ्चालन गरिएको नगर उपप्रमुख खडानन्द बेल्वासेले बताउनुभयो ।

दैनिक रुपमा एउटा गाडी आवत–जावत गर्नेगरी पश्चिम नेपाल बस व्यवसायी समितिले बस सेवा सञ्चालन गर्ने पश्चिम नेपाल बस व्यवसायी समितिका अर्घाखाँची रुट इन्चार्ज रामबहादुर बस्नेतले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ५, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया