वर्ल्ड र्‍याफ्टिङ च्याम्पियनसिप: स्प्रिन्ट विधामा नेपाल पाँचाैँ

 जेठ २, २०७६ बिहिबार १३:११:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

अष्ट्रेलियामा जारी १८औंँ वर्ल्ड र्‍याफ्टिङ च्याम्पियनसिपको स्प्रिन्ट विधामा नेपाल पाँचौ भएको छ ।

च्याम्पियनसिपको पहिलो दिन भएको स्प्रिन्टमा पुरुष खुलातर्फ नेपाली टोलीले पाँचौ स्थान हात पारेको हो । यस विधामा ब्राजिलले पहिलो, जापान दोस्रो र रुस तेस्रो भएको छ ।

क्वीन्सल्यान्डकाे टुली नदीमा निर्धारित दूरी नेपाली टोलीले २४७।७८ सेकेन्डमा पूरा गर्यो । विश्व र्‍याफ्टिङको स्प्रीन्टमा नेपालको यो अहिलेसम्मकै उत्कृष्ट नतिजा हो ।


नेपाली टोलीमा शक्तिकुमार गुरुङ, पदम बहादुर गुरुङ, दीपेश गुरुङ, सविन गुरुङ र रविल मियाँ छन् भने कप्तानमा सुरज गुरुङ छन् ।

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया