राष्ट्रिय ललितकला प्रर्दशनी काठमाण्डौमा सुरु

 जेठ २, २०७६ बिहिबार १५:२२:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - काठमाण्डौकाे आर्ट काउन्सिलमा ‘नवौं राष्ट्रिय ललितकला प्रर्दशनी’ सुरु भएको छ । 

बबरमहलमा रहेकाे आर्ट काउन्सिलमा आयोजना गरिएको प्रर्दशनीको उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले बिहीबार उद्घाटन गर्नु भएको हो । त्यस अवसरमा उहाँले त्यस प्रर्दशनीले मुलुकको समृद्धिको अभियानमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो । उपप्रधानमन्त्री पोखरेलले कला, भाषा र साहित्यको क्षेत्रबाट मुलुकको समृद्धिमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले पुर्‍याउँदै आएको योगदानको पनि प्रशंसा गर्नुभयो ।

कार्यक्रममा वरिष्ठ कलाकारद्वय चिनीकाजी ताम्राकार र रतनकुमार राईलाई ‘अरनिको राष्ट्रिय ललितकला प्रज्ञा सम्मान’ प्रदान गरिएको थियो । उपप्रधानमन्त्री पोखरेलले कलाकारद्वय ताम्राकार र राईलाई नगद १ लाखसहित सम्मान प्रदान गर्नुभएको हो । नेपाली कला क्षेत्रको विकासमा उल्लेखनीय योगदान पुर्‍याउने उद्देश्यका साथ सुरु भएको प्रर्दशनी २० दिनसम्म चल्नेछ ।

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया