आज छठ पर्वको मुख्य दिन : बेलुका अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै
कात्तिक २२, २०८१ बिहिबार
काठमाण्डाै - सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको उपाधि अमेच्योर खेलाडी शुक्र बहादुर राईले जितेका छन् ।
७२ पारको गोकर्ण फरेस्ट गल्फ रिसोर्टमा बिहीबार सम्पन्न प्रतियोगितामा प्रोफेसनल गल्फर भुवन नगरकोटीलाई एक स्ट्रोकले हराउँदै शुक्र च्याम्पियन बनेका हुन् । तीन चरणको समाप्तिसम्ममा एक स्ट्रोकको अग्रता लिएका शुक्रले अन्तिम दिन पाँच अण्डर ६७ को कार्ड बनाए ।
भुवन नगरकोटीले पनि पाँच अण्डर ६७ नै बनाएपछि शुक्र यो प्रतियोगिता जित्ने पहिलो अमेच्योर खेलाडी बन्न सफल भए । उनले कुलमा १० अण्डर २७७ को कार्ड बनाए ।
पहिलो चरणमा दुई ओभर ७४ को कार्ड बनाएका शुक्रले दोस्रो चरणमा राम्रो प्रदर्शन गर्दै ६ अण्डर ६६ स्कोर गरे । तेस्रोमा उनले दुई अण्डर ७० बनाएका थिए ।
भुवन नगरकोटीले भने पहिलो चरणमा तीन अण्डरको खराब कार्ड बनाएका थिए ।
दोस्रोमा पाँच अण्डर ६७ र तेस्रोमा उनले तीन अण्डर ६९ को कार्ड बनाएका थिए ।
भुवनले भने ९ अण्डर २७८ कार्ड बनाएका थिए । चार अण्डर २८३ को कार्ड सहित अर्का अमेच्योर सुवाष तामाङ तेस्रो भए । विकास अधिकारी चौथो भए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।