सुन्धारामा ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा छाेरीकाे मृत्यु, बुवा घाइते

 जेठ ३, २०७६ शुक्रबार १२:४७:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - काठमाण्डाैकाे सुन्धारामा काठमाण्डाै मल अगाडि पानी बाेक्ने ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा एक युवतीको ज्यान गएको छ ।

ना २ ख ४२२२ नम्बरको ट्याङ्करले बा ३६ प ११६६ नम्बरको मोटरसाइकललाई काठमाण्डाै मल अघि ठक्कर दिँदा काभ्रे पनौति घर भई काँडाघारी बस्ने २३ वर्षीया सुनिता केसीकाे ज्यान गएकाे हाे । 

दुर्घटनामा मोटरसाइकल चालक केसीका बुवा रामशरण केसी पनि गम्भीर घाइते हुनु भएकाे छ । दुर्घटना लगत्तै दुबै जनालाई उपचारका लागि ट्रमा सेन्टरमा लगिएको भए पनि सुनिताको उपचारको क्रममा ज्यान गएको र बुवा रामशरणकाे भने उपचार भइरहेकाे प्रहरीले जानकारी दिएको छ ।

माेटरसाइकललाई ठक्कर दिने ट्याङ्कर चालक अमर श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया