ह्वील चेयर टी-२० क्रिकेटमा नेपाल जितविहीन

 जेठ ३, २०७६ शुक्रबार १३:४३:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - ह्वील चेयर कप टी-२० क्रिकेटमा नेपालले खराब प्रदर्शन गरेको छ ।

चार टोली सम्मिलित प्रतियोगितामा नेपालले तीनै टिमसँग पराजय भोगेको छ । यसअघि भारत र बंगलादेशसँग पराजित भएको नेपाल आज भएको अन्तिम खेलमा पाकिस्तानसँग १३० रनको भारी अन्तरले पराजित हुन पुग्यो ।

नेपाल पराजित हुँदा पाकिस्तान भने शीर्ष स्थानमा रहँदै फाइनलमा पुग्न सफल भएको छ । पाकिस्तानले भारतसँग पराजय भोगेको थियो भने बंगलादेशलाई हराएको थियो । 

कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तानले २० ओभरमा चार विकेट गुमाउँदै २६९ रनको भारी योगफल तयार पारेको थियो । 

पाकिस्तानका लागि मोहम्मद लतिफले १४६ रनको योगदान दिएका थिए । २७० रनको लक्ष्य पछ्याएको नेपाल २० ओभरमा ६ विकेट गुमाउँदै १३९ रनमा समेटियो ।

जितसँगै पाकिस्तानले ४ अंक बनाएको छ भने शीर्ष स्थानमा रहेको भारतको ६ अंक छ ।

अन्तिम अपडेट: कात्तिक १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया