सरकारले दुई तिहाईको धम्की नदिए हुन्छ : वैद्य

 जेठ ३, २०७६ शुक्रबार १७:४२:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ- नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्यले सरकारलाई दुई तिहाई मतको धम्की नदिन चेतावनी दिनुभएको छ । महासचिव वैद्यले जनमत बदलिने र नेपालका सच्चा कम्युनिष्ट क्रान्तिकारीहरुले देशमा जनवादी क्रान्ति पूरा गरेरै छाड्ने दाबी पनि गर्नुभयो । 

सीपी गजुरेलद्वारा लिखित पुस्तक ‘राजनीतिक घटनाक्रम र प्रवृतिहरु’ को शुक्रबार काठमाण्डौमा सार्वजनिक गर्दै उहाँले सच्चा कम्युनिष्टहरु देशको वैकल्पिक शक्ति भएकाले ढिलै भएपनि देशमा जनवादी क्रान्ति सम्पन्न गर्ने पनि बताउनु भयो । 

उहाँले सत्तारुढ नेकपाप्रति संकेत गर्दै संशोधनवाद र अवसरवादमा फसेका कम्युनिष्टहरुले देशलाई डुबाएको धारणा राख्नुभयो । उहाँले सच्चा क्रान्तिकारीहरु एकजुट हुन जरुरी रहेको पनि प्रस्ट पार्नुभयो । 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया