यी २ वटा औषधि बजारबाट तुरुन्त फिर्ता गर्न निर्देशन
बैशाख ८, २०८२ सोमबार
धादिङ - परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले लामो समयदेखिको अस्तव्यस्ततालाई मिलाउन, नयाँ संविधान कार्यान्वयन गराउन र तीन तहको सरकार सञ्चालनका लागि आधार तयार पार्दैमा सरकारका १५ महिना सकिएको बताउनुभएकाे छ ।
२६ औँ मदन-आश्रित स्मृति दिवस तथा नेकपा पार्टी एकताको एक वर्षको कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा शुक्रबार सम्बोधन गर्दै यस्ताे बताउनुभएकाे हाे ।
प्रतिपक्ष संसद भित्रमात्र भएकोले गरिबी, जातीय छुवाछूत र महिला हिंसा अन्त्य गर्ने कुरामा सबै मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो ।
२००६ सालमा पार्टी स्थापना गर्दा नागरिक अधिकार कायम गर्न पहिलो पर्चा निकालेर सुरु भएको नेकपाको इतिहास अहिले अधिनायकवाद हुनै नसक्ने बताउँदै मन्त्री ज्ञवालीले गणतन्त्र उल्टाउन खोज्नेमात्र नेकपाको प्रमुख शत्रु भएकोले त्यस्तासँग लड्ने बताउनुभयो ।
मन्त्री ज्ञवालीले तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारीले विश्व कम्युनिष्टलाई दिनुभएको मार्ग दर्शन पछ्याएर जनताको बहुदलीय जनवाद अन्तरगत मौलिक विशेषतासहितको समाजवाद तथा जनताको जनवादका लागि लागिरहन आग्रह गर्नुभयो ।
नेकपा धादिङका अध्यक्ष भूमि त्रिपाठीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपाका पोलिटब्यूरो सदस्य राजेन्द्र पाण्डे, केन्द्रीय सदस्य खेम लोहनी, केन्द्रीय सदस्य तथा ३ नम्बर प्रदेशका आन्तरिक मामला तथा कानुनमन्त्री शालिकराम जम्कट्टेल, प्रदेश सभा सदस्य डा. राकुमार अधिकारी लगायतले पार्टी एकता प्रकृया सकिएको र केही काम मात्र बाँकी रहेको बताउँदै जनताको सेवामा लाग्न पार्टी कार्यकर्ता र जनप्रतिनिधिहरुलाई आग्रह गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।