पेट्रोल, डिजेल र मट्टीतेलकाे मूल्य घट्याे

 जेठ ३, २०७६ शुक्रबार २०:११:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाएकाे छ । हवाई ईन्धन र खाना पकाउने एलपी ग्यासको हकमा खुद्रा बिक्री मूल्य यथावत राखिएको निगमले जनाएको छ ।

निगमका अनुसार शुक्रबार राति १२ बजेदेखि घटेको मूल्य लागू हुनेछ । पेट्रोलमा प्रति लिटर २ रुपैयाँ तथा डिजेल र मट्टीतेलमा १ - १ रुपैयाँ मूल्य घटाइएकाे छ  । काठमाण्डौको नयाँ खुद्रा बिक्री मूल्य पेट्रोल प्रतिलिटर १०९ रुपैयाँ ५० पैसा तथा डिजेल र मट्टीतेलको मूल्य ९७ रुपैयाँ कायम भएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिनुभयो ।

इण्डियन आयल कर्पोरेशनबाट १६ मे २०१९ मा प्राप्त मूल्य घटेर आएकोले मूल्य विश्लेषण गरी समायोजन गरिएको गोइतले बताउनुभयो । 

 

 

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया