काठमाण्डाैसहित मध्य र पूर्वी पहाडी क्षेत्रमा साँझपख पानी पर्ने सम्भावना

 जेठ ४, २०७६ शनिबार ७:३६:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - पश्चिमी क्षेत्रको मौसम बिहानैदेखि बदली भई केही ठाउँमा पानी परिरहेको मौसमविद्ले बताएका छन् । अरु ठाउँको मौसम भने सफा छ ।

पश्चिमी न्यूनचापीय प्रणालीको असरले पश्चिमी क्षेत्रको मौसम बिहानैदेखि बदली भई केही ठाउँमा पानी परिरहेको मौसमविद् सुवास रिमालले जानकारी दिनुभयो ।

उहाँका अनुसार आज पश्चिमको मौसम खुल्ने संभावना निकै कम छ ।

यस्तै अहिले सफा रहेको काठमाण्डाै उपत्यकासहित मध्य र पूर्वको पनि पहाडी क्षेत्रको मौसम दिउँसोपछि बदली भई बेलुकीतिर मेघगर्जन र हुरीबताससहित पानी पर्ने सम्भावना रहेकाे उहाँले बताउनुभयाे ।  

अरु ठाउँको मौसम भने सफा नै रहनेछ । पश्चिमको मौसम दिनभरी बदली भएपनि राति खुल्ने सम्भावना रहेको मौसमविद् रिमालले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया