भारतीय घरेलु महिला लिग: सावित्रा भण्डारी समावेश सेथु फुटबल क्लब सेमिफाइनलमा

 जेठ ४, २०७६ शनिबार ११:३५:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

भारतीय घरेलु महिला लिगमा नेपाली खेलाडी सावित्रा भण्डारी समावेश भएकाे टिम सेथु फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।

समूह बीमा अपराजित रहेको सेथु १५ अंकका साथ समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो । शनिबार भएको खेलमा सेथुले बरोडा फुटबल क्लबमाथि ७–० को फराकिलो जित निकाल्यो । लगातार पाँचौ खेलमा सहभागी भएकी सावित्रा शनिबार भने गोल गर्न असफल भइन् ।

यसअघिका चार खेलमा उनले गोल गर्दै आएकी थिइन् । सावित्राको टिमलाई जिताउन सन्ध्याले ह्याट्रिकसहित चार गोल गर्दा सन्ध्याले २ तथा इन्दुमति र रतनवालाले एक एक गोल गरेका थिए ।

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया