जिपको ठक्करबाट सर्लाहीमा बावुछोराको ज्यान गयाे

 जेठ ४, २०७६ शनिबार २०:१३:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

सर्लाही – सर्लाहीको मलंगवा नवलपुर सडकको हरैयामा जिपको ठक्करबाट बावुछोराको ज्यान गएको छ ।

शनिबार नवलपुरबाट मलंगवातर्फ जाँदै गरेको बा १९ त २५८८ नम्बरको जिपले सडक छेउमा भैंसी चराइरहेका स्थानीय ४० वर्षका जैयसी राय र उनका १० वर्षका छोरा लक्ष्मण रायलाई ठक्कर दिँदा ज्यान गएको प्रहरीले जनाएको छ ।

तीव्र गतिमा गुडिरहेको  जिप अनियन्त्रित भएर सडक छेउमा पल्टिँदा छोरा लक्ष्मणकाे  घटनास्थलमै र बाबू जयसीको उपचारको लागि लैजाँदै गर्दा ज्यान गएको हो ।

मृतक दुवैको शव परिक्षणका लागि मलंगवा  अस्पताल पठाउने तयारी भैरहेको छ । जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मलंगवा नवलपुर सडक कालोपत्रे भएपछि पछिल्लो समय सवारी दुर्घटना निकै बढन थालेको छ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया