महोत्तरीमा करेन्ट लागेर एक जनाको ज्यान गयो

 जेठ ५, २०७६ आइतबार ७:२४:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

धनुषा – करेन्ट लागेर महोत्तरीमा एक किशोरको ज्यान गएको छ । ज्यान जानेमा महोत्तरीको सोनमा गाउँपालिका ४ गलरिया बस्ने राजाराम महतोका १८ वर्षीय छोरा शंकर महतो रहेका छन् ।

शनिबार दिउँसो ३ बजे खेतमा पानी लगाउन गर्न मोटर चलाउन गएको बेला शंकरलाई करेन्ट लागेको थियो । करेन्ट लागेर उनको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । 

शंकरको शवलाई पोस्टमार्टमको लागि जिल्ला अस्पताल महोत्तरीमा राखिएको र घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।   
 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया