वृद्धवृद्धा र अशक्तले अब गाडी चढेरै चिडियाखाना अवलोकन गर्न सक्ने
बैशाख ८, २०८१ शनिबार
उदयपुर – कटारी नगरपालिका १० थुम्की भीरबाट लडेर ७९ वर्षीय वृद्धको ज्यान गएको छ ।
ज्यान गुमाउनेमा हलेसी तुवाचुङ नगरपालिका २ घर भएका ७९ वर्षीय नरबहादुर खड्का रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिएको छ ।
प्रहरी प्रमुख एसपी चन्द्रदेव राईका अनुसार कटारी नगरपलिका–९ मा रहेको छोरीको घरमा भएको विवाहमा सहभागी भएर शनिबार दिउँसो घर फर्कने क्रममा भिरबाट लडेर उहाँको ज्यान गएको हो ।
भीरबाट लडेर ज्यान गएपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए । मृतकको शव परीक्षणको लागि कटारी अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ ।