विप्लवका कार्यकर्ता पक्राउ

 जेठ ५, २०७६ आइतबार १०:३७:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

 डोटी – नेक्रवित्रम चन्द ‘विप्लव’ समूहका एक कार्यकर्तालाई डोटी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय डोटीले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा प्रकाश थापा रहेका छन् ।

जिल्लाको बडीकेदार गाउँपालिका–४ भमरास्थित आफ्नै घरमा लुकिरहेको अवस्थामा उनलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका थापालाई प्रहरीले जिल्ला प्रहरी कार्यालय सिलगढीमा आइतबार पुर्‍याएको छ । पक्राउ परेका थापालाई सोधपुछ र बयानपछि आवश्यक कानूनी कारवाही अगाडि बढाइने जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख तथा प्रहरी उपरीक्षक विद्यानन्द माझीले बताउनुभयो । 

पक्राउ परेका थापासँग सुरुमा बडीकेदार गाउँपालिका–४ को वडा कार्यालयमा भएको आगजनीका विषयमा सोधपुछ गरिने प्रहरीले जनाएको छ । कार्यालयमा ‘विप्लव’ समूहले आगजनी गरेको हुनसक्ने प्रहरीको अनुमान छ । बडीकेदार गाउँपालिका–४ को वडा कार्यालयमा वैशाख २३ गते राति नचिनेको समूहले आगजनी गरेको थियो । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया