तिहार : फेरिँदै देउसीभैलोको स्वरूप
कात्तिक १७, २०८१ शनिबार
भनिन्छ – भुक्ने कुकुरले टोक्दैन, टोक्ने कुकुरले भुक्दैन । काठमाडौं टोखाका ८४ वर्षीय सिद्धिनारायण डंगोललाई पनि यस्तै भयो ।
आफ्नै घरछेउको बाटोमा हिँड्दै गर्दा पछाडिबाट आएको छिमेकीको कुकुरले खुट्टामा टोक्यो । यो गएको कात्तिक महिनाको कुरा हो ।
त्यति ठूलो घाउ पनि नपरेको र घरमा पालेको कुकुरलाई रेबिजको सुई लगाएकै त होला नि भनेर त्यतिबेला उहाँले वास्ता गर्नुभएन र घरमा पनि कसैलाई भन्नुभएन ।
डंगोलका छोरी ज्वाईं पञ्चलाल डंगोलका अनुसार कुकुरले टोकेको तीन महिनापछि सिद्धिनारायणलाई खान मन नहुने, पानीदेखि डराउने, पंखा चलाए तर्सिने जस्ता लक्षण देखिन थाल्यो । अस्पताल लगेर परीक्षण गराउँदा रेबिज भएको थाहा भयो । त्यसपछि उहाँलाई बचाउन सकिएन ।
यस्तै काभ्रे टिकादेउराली ३ का चेनाङ तामाङका चार वर्षीय छोरा लासाङलाई पनि कुकुरले टोक्यो । उनलाई परिवारले निकै ढिलो गरी सरुवा रोग अस्पताल टेकु पुर्याए । त्यतिबेलासम्म लासाङलाई रेबिज लागिसकेको थियो । उनलाई पनि डाक्टरले बचाउन सकेनन् ।
यी त उदाहरण मात्र हुन् । कुकुरको टोकाईबाट नेपालमा बर्सेनि एकसय जनाको ज्यान जाने गरेको सरुवा रोग अस्पतालका निर्देशक मनिषा रावलले जानकारी दिनुभयो ।
‘मर्निङ्गवाक गर्न निस्कँदा पनि सडकका छाडा कुकुरले भुकेर हत्ते गर्छन् । कहिलेकाहीँ त झम्टिन नै आइपुग्छन्’ आफ्नो अनुभव सुनाउदै तार्केश्वर नगरपालिका मनमैजुका हरिलाल न्यौपानेले बताउनुभयो, ‘एकपटक झण्डैले मलाई टोकीसकेको थियो, त्यसपछि त बिहान बाहिर निस्कनै छोडें ।’
शुक्रराज सरुवा रोग अस्पताल टेकुको तथ्यांक अनुसार आ.व. २०७२÷०७३ मा जनावरकोे टोकाइको कारण उपचार गर्न आउने बिरामीको संख्या २२ हजार ४६ थियो । यो संख्या निरन्तर बढ्दै आ.व. २०७३/०७४ मा २९ हजार ३ सय ९ र आ.व. २०७४/०७५ को जेठ अन्तिमसम्म आइपुग्दा ३६ हजार एकसय ७९ पुगेकोे छ ।
यसमा ९९ प्रतिशत कुकुरले टोकेकाको संख्या छ । अस्पतालकी निर्देशक मनिषा रावलका अनुसार कुकुरले टोकेपछि अस्पताल जानुपर्छ भन्ने जनचेतना बढेका कारण पनि संख्या धेरै देखिएको हो । सडकमा भएका छाडा कुकुरलाई व्यवस्थापन नगरे यो समस्याले अझै विकराल रुप लिनसक्ने उहाँ बताउनुहुन्छ ।
‘यो तथ्यांक त सरुवा रोग अस्पताल टेकुको मात्र हो, अरु जिल्लाका अस्पतालको तथ्यांक समेत मिलाएर हिसाब गर्ने हो भने कति होला ? तर आजसम्म यस्तो रेकर्ड राख्ने गरेको छैन’ डा.कोइराला भन्नुहुन्छ ।
छाडा कुकुरलाई नियन्त्रयण गर्ने जिम्मेवारी केन्द्रीय पशु स्वास्थ्य विभागको हो । विभागले कुकुर बन्ध्याकरण तथा रेबिज रोग विरुद्ध खोप कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
छाडा कुकुरको लागि काम गर्दै आएको स्नेहा केयर सेन्टर र करुणा पशु स्याहार केन्द्रलाई पनि जिम्मा दिएर छाडा कुकुरलाई नियन्त्रण गर्ने गरिएको केन्द्रीय पशु स्वास्थ्य विभागका योजना प्रमुख जयराम सापकोटाले बताउनुुभयो । पछिल्लो पटक मात्र यी दुई संस्थाले काठमाडौं उपत्यकाका एकहजार दुईसय कुकुरको बन्ध्याकरण गरेर रेबिज भ्याक्सिन लगाएको उहाँले बताउनुभयो ।
छाडा चौपायालाई नियन्त्रण गर्ने काम स्थानीय निकायले पनि गर्छ । काठमाडौं महानगरपालिकाले पनि समय समयमा कुकुर नियन्त्रणको लागि कदम उठाउने गरेको छ । तर यो काम प्रभावकारी हुन सकेको छैन ।
पर्याप्त बजेटको अभावमा कुकुर नियन्त्रणको काम प्रभावकारी हुन नसकेको केन्द्रीय पशु स्वास्थ्य विभागको भनाई छ । विभागका योजना प्रमुख जयराम सापकोटाले भन्नुभयो, ‘गएको आर्थिक वर्षमा रेबिज विरुद्ध निःशुल्क खोप कार्यक्रमको लागि सरकारसँग हामीले दुईलाख ४० हजार रुपैयाँको बजेट माग गरेका थियौं, तर २४ हजारमात्र रकम प्राप्त भएको छ, त्यसले के गर्ने ?’
रेबिज खोप लगाएपछि त्यसले एक वर्षसम्म मात्र काम गर्ने र सधैं खोप लगाइ राख्न महंगो हुने गर्छ । भारतबाट ल्याउनुपर्ने रेबिज खोप कहिलेकाहीँ उपलब्ध नहुँदा पनि यो काम प्रभावकारी हुन सकेको छैन । खोपको लागि उपयुक्त भण्डारण कक्षको अभावको कारण यसको गुणस्तरतामा कमी आउने र त्यही खोप लगाएका कुकुरलाई रेबिज संक्रमण देखिने गरेको पनि सापकोटाले बताउनुभयो ।
छाडा कुकुरलाई समात्न सजिलो नहुनु पनि अर्को चुनौती रहेको सापकोटाको भनाई छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।