छैटौँ पटक विश्वकपको उपाधि जित्ने अभियानमा अस्ट्रेलिया

 जेठ ६, २०७६ सोमबार १३:१३:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

विश्वकप क्रिकेटमा अस्ट्रेलिया सर्वाधिक सफल टिम हो । अहिलेसम्म पाँच पटकको उपाधि विजेता अस्ट्रेलिया छैटौं उपाधि जित्ने अभियानमा छ । 

२०१५ को विश्वकप विजेता अस्ट्रेलियालाई उपाधि जोगाउने चुनौती पनि उत्तिकै छ । बल टेम्परिङ प्रकरणमा अस्ट्रेलियाका खेलाडी परेपछि केही समय विवादित बनेको अस्ट्रेलियाले त्यसबाट पार पाइसकेको छ । उसले भारत र पाकिस्तानलाई उनकै भूमिमा हराउँदै आफूलाई उत्कृष्ट टिमको रुपमा विश्वकपमा अघि ल्याएको छ । साथै आईसीसी वरियतामा भने अस्ट्रेलिया अहिले पाचौं स्थानमा छ । बल टेम्पिरिङ प्रकरणमा मुछिएका डेविड वार्नर र स्टीव स्मिथ एक वर्षको प्रतिबन्ध पूरा गरेर टिममा फर्किएका छन् ।

अस्ट्रेलियाले पहिलो पटक १९८७ मा विश्वकप जितेको थियो भने १९९९ देखि २००७ सम्मका तीन वटा विश्वकपमा च्याम्पियन बन्यो । साथै २०१५ को विश्वकप पनि अस्ट्रेलियाले आफ्नो पोल्टामा पार्‍यो । विश्व वरियतामा पाचौं स्थानमा अस्ट्रेलिया देखिए पनि उसको टिम सन्तुलित छ । वार्नर टिममा समावेश हुनु पनि अस्ट्रेलियाको बलियो पक्ष हो । 

आईपीएलमा उनले सनराइजर्स हैदराबादबाट खेलेका वार्नरले ६९२ रन बनाउँदै वरेन्ज क्याप पनि हात पारेका छन् । अर्का खेलाडी स्मिथले पुरानो फर्ममा आउने कोशिस गरिरहेका छन् । न्यूजिल्याण्डविरुद्ध स्मिपथले ८९ र ९१ रनको पारि खेल्दै त्यसको संकेत गरेका थिए । आसन्न विश्वकपमा वार्नरले ओपनिङ गर्छन् की गर्दैनन् त्यो भने हेर्न बाँकी छ । 

१०४ एक दिवसीय क्रिकेटमा उनले एक पटक मात्रै ओपनिङ गरेका छैनन् । अस्ट्रेलियाको टिम बनाउँदा फर्ममा भएका खेलाडीहरुलाई पनि बाहिर राख्नु परेकाले उनको स्थान के हुने भन्ने अझै तय भएको छैन् । १५ सदस्यीय टोलीमा पीटर हेन्ड्कब, जोश हेजलवुड, डर्सी सट, केन रिचर्डसन, एशटन टर्नर र म्याथ्यू वेड जस्ता खेलाडीहरु परेनन् ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया