आज पनि देशका धेरै ठाउँमा पानी पर्ने
चैत १६, २०८० शुक्रबार
रसुवा – ७ किलो सुन तस्करी गरेको आरोपमा रसुवाका काशेर ग्याल्बाे घलेविरुद्ध जिल्ला अदालत रसुुवामा मुद्दा दायर भएको छ ।
राजश्व अनुसन्धान विभागले रसुवाको नौकुण्ड गाउँपालिका वडा नम्बर १ का काशेर ग्याल्बोविरुद्ध राजश्व चुहावट तथा विदेशी विनिमय अपचलनको अभियोगमा १७ करोड ७९ लाख ४० हजार विगो तथा जरिबाना दावी गरेर जिल्ला अदालत रसुवामा मुद्दा दायर गरेको हो ।
ग्याल्बो रसुवागढीबाट स्याफ्रुतर्फ आउँदै गरेको ना ६ ख ९०६८ नम्बरको कन्टेनरकाे डिब्बामा विना बिल बिजकको ७ किलो सुनसहित पक्राउ परेका थिए ।
उनको साथबाट बरामद भएको तीन करोड पचपन्न लाख अठासी हजार रुपैयाँ बराबरको सुनको नियमानुसार लाग्ने र बुझाउनु पर्ने राजस्व चुहावट गरेको पुष्टि भएको विभागले जनाएको छ ।
यस्तै चीनबाट सुन खरिद गर्न विदेशी विनिमय गैरकानुनी तबरबाट अपचलन गरेको पुष्टि भएकोले१७ करोड ७९ लाख ४० हजार विगो र जरिबानासहित ३ वर्षको कैद माग गरेर मुद्दा दायर गरिएको राजश्व अनुसन्धान विभागले जनाएको छ ।