क्यारेबियन प्रिमियर लिगको ड्राफ्ट आज, कसले किन्ला नेपालका चार खेलाडी ?

 जेठ ८, २०७६ बुधबार ९:५:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

वेष्टइण्डिजको फ्रेन्चाइज क्रिकेट क्यारेबियन प्रिमियर लिग सीपीएलको ड्राफ्ट बुधबार हुँदैछ । ड्राफ्ट लण्डनमा नेपाली समय अनुसार राति पौने ८ बजेदेखि सुरु हुने छ ।

सीपीएलको प्रारम्भिक ड्राफ्टमा नेपालका चार जना खेलाडीहरु परेका छन् । ड्राफ्टमा नेपालका सन्दीप लामिछानेसहित रोहित कुमार पौडेल, सोमपाल कामी र दीपेन्द्रसिंह ऐरी छन् । ५३६ ड्राफ्टबाट ६ वटा टिमले खेलाडी छनोट गर्नु पर्ने छ । 

नेपालका युवा खेलाडी सन्दीपले गएको संस्करणमा सीपएल खेलेका थिए । उनले त्यतिबेला सेन्ट किट्स एण्ड नाभिस प्याट्रियट्सबाट खेलका थिए । सन्दीपले त्यतिबेला ५ खेलमा बलिङ गर्दा ७ विकेट हात पारेका थिए । सीपीएल जुलाई ११ देखि अगष्ट १६ सम्म हुनेछ ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया