यी २ वटा औषधि बजारबाट तुरुन्त फिर्ता गर्न निर्देशन
बैशाख ८, २०८२ सोमबार
मकवानपुर – सवारी चालक अनुमतिपत्र नवीकरण गराउनका लागि विरगञ्ज र काठमाण्डौ धाउँदै आएका हेटौँडा, चितवनलगायतका जिल्लाका बासिन्दाहरुलाई अब सजिलो भएको छ ।
सवारी चालक अनुमति पत्रको सेवा बुधबार प्रदेश नम्बर ३ को यातायात व्यवस्था सेवा कार्यालय हेटौँडा ११ थानाभर्याङबाट सुरु गरेसँगै थप सहज भएको हो ।
स्मार्ट सवारी चालक अनुमति पत्रको नवीकरण गरेर बुधबार २६ जनालाई वितरण गरेर कामको सुरुवात गरिएको हो । प्रदेश नम्बर ३ का मुख्यमन्त्री तथा भौतिक पूर्वाधार विकासमन्त्री डोरमणि पौडेलले बुधबार सेवाग्राहीका रुपमा माधव अधिकारी, रमेशकुमार उप्रेती, ऋषिराम घिमिरेलगायतकालाई सवारी चालकको नवीकरण पत्र हस्तान्तरण गर्नुभयो ।
यहाँबाट नयाँ सवारी दर्ता, कर नवीकरण, सवारी पञ्जीकरण, रुटपरमिट नवीकरण, जाँच पासलगायतका काम सुरु गरिएको कार्यालयले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।