यी २ वटा औषधि बजारबाट तुरुन्त फिर्ता गर्न निर्देशन
बैशाख ८, २०८२ सोमबार
अर्घाखाँची – शितगंगा नगरपालिका–५ जुकेना शिवाहदह माविमा एक हप्तादेखि लागेको ताला नखुल्दा ५ सय भन्दा बढी विद्यार्थीको पठनपाठन प्रभावित भएको छ ।
विद्यालयको भौतिक निर्माणमा दलका प्रतिनिधिले हस्तक्षेप गरेको, बहालवाला प्रधानाध्यापकलाई हटाउन खोजिएको तथा अन्य गतिविधिमा समेत हस्तक्षेप बढेको भन्दै विद्यार्थी आन्दोलित बनेका हुन् ।
विद्यालयमा शौचालय निर्माणका लागि नगरपालिकाबाट परेको सात लाख, वडा कार्यालयबाट परेको तीन लाख, पुस्तकालय निर्माणका लागि प्रदेश सरकारबाट आएको तीन लाख रुपैयाँको काम नै गर्न नदिएर फ्रीज गराउन खोजेको भन्दै विद्यालयमा तालाबन्दी गरिएको छ ।
वहालवाला प्रधनाध्यापक कृष्णप्रसाद शर्मालाइ हटाएर पहिला स्रोत ब्यक्ति बनेका गिरीबहादुर थापालाई प्रधानाध्यापक बनाउन एक पक्षीय लागेको स्थानीयको आरोप छ । पहिला देखिनै प्रधनाध्यापकको जिम्मेवारी सम्हाली रहेका कृष्णप्रसाद शर्मालाई नै प्रधनाध्यापक बनाउनु पर्ने स्थान्ीय र विद्यार्थीको समेत माग रहेको छ ।
कृष्णप्रसाद शर्मा निमावि स्थायी शिक्षक हुन् भने गिरीबहादुर थापा मावि स्थायी शिक्षक हुन् । उपल्लो तहको शिक्षकलाई प्रधानाध्यापक बनाउने परिपाटी अर्घाखाँचीका अन्य विद्यालयमा छैन । केही विद्यालयमा आधारभूत तहका शिक्षकहरुले नै माध्यमिक तहको प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्दै आइरहेका छन् ।
उनीहरूले लामोसमयदेखि दरबन्दी अनुसारका निमावि तहमा दुई जना, मावि तहमा एक जना शिक्षक नहुँदा पठनपाठन प्रभावित हुँदासमेत जनप्रतिनिधिले विषयगत शिक्षक राख्ने विषयमा कुनै चासो नदिएको विद्यार्थीको आरोप छ ।
भौतिक निर्माणको आर्थिक पाटोमा दलका जनप्रतिनिधिले आँखा लगाएको भन्दै विद्यार्थीले गएको शुक्रबारदेखि विद्यालयमा तालाबन्दी गरेका छन् । विद्यार्थीहरूले आफ्ना माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने र विद्यालयमा लगाएको ताला नखोल्ने बताएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।