घुस खाएको भन्दै मेयरले कर्मचारी निष्काशन गरेपछि कर्मचारीले सुरु गरे आन्दोलन

 जेठ ९, २०७६ बिहिबार ११:५७:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

सुनसरी – इटहरी उपमहानगरपालिकाका मेयरले घुस खाएको भन्दै कर्मचारी निष्काशन गरेपछि कर्मचारीहरुले मेयरविरुद्ध आन्दोलन सुरु गरेका छन् । 

सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा भेटिएका इटहरी उप–महानगरपालिकाका सव–ओभरसियर राम खड्कालाई निलम्बन गरेपछि नगरपालिकाका कर्मचारी आन्दोलित बनेका हुन् । 

उनीहरुले बिहीबार नगरका २० वटै वडा कार्यालयसहित नगरपालिकामा काम नगर्ने बताएका हुन् । घर सम्पन्नको प्रमाणपत्र लिने क्रममा सेवाग्राहीबाट घुस रकम लिएपछि खड्कालाई उपमहानगरका मेयर द्वारिकलाल चौधरीले कठालोमा समात्दै कार्यालयबाट बुधबार दिउँसो निष्काशन गर्नुभएको थियो ।

खड्काले घुस रकम लिएको गुनासो सेवाग्राहीले गरेपछि कार्यकक्षबाटै उनलाई निकालिएको मेयर चौधरीले बताउनुभयो ।

मेयर चौधरीमाथि उपमहानगरका अर्का कर्मचारी नाउब सुब्बा मनोज दाहालमाथि पनि कुटपिट गरेको आरोप लागेको छ । तर मेयर चौधरीले कसैलाई कुटपिट नगरेको भन्दै घुस खाएको पाएपछि खड्कालाई कार्यालय नआउनु भनेको बताउनुभयो ।

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया