११ हजार भोल्टकाे तारमा छुँदा वृद्धकाे ज्यान गयाे

 जेठ ९, २०७६ बिहीबार १७:४०:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

माेरङ - विराटनगर –१० मा रहेकाे न्युरो अस्पताल नजिकै करेन्ट लागेर बिहीबार दिउँसो एक वृद्धको ज्यान गएको छ ।  

ज्यान जानेमा ७२ वर्षीय काँशीनाथ ताम्राकार रहेकाे मोरङ प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आफ्नै २ तले घरको छत नजिकैबाट लगिएको हाइटेन्सन लाइनबाट करेन्ट लागेर ताम्राकारको घटनास्थलमै ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले जानकारी दिनुभयाे ।

श्रेष्ठका अनुसार घरमा कोही नभएको बेला दाहिने हातमा जीआई पाइप वाधेर आत्महत्या गर्न खोजेको जस्तो देखिएको प्रहरीको प्ररम्भिक अनुसन्धानबाट खुलेको छ । करिब पौने २ मिटरकाे दूरीमा रहेको ११ हजार भोल्टको तार छुन पुग्दा करेन्ट लागेर ज्यान गएको श्रेष्ठले बताउनुभयाे ।

ताम्रकारको शव पोस्टमार्टमका लागि कोशी अस्पताल लगिएको छ भने घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।  ताम्राकारका एक छोरा र एक छोरी रहेका छन् ।


 

अन्तिम अपडेट: बैशाख ५, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया