मिडिया काउन्सिलसम्बन्धी विधेयक परिमार्जन भएर नै पारित हुन्छ : नेकपा प्रवक्ता श्रेष्ठ

 जेठ १०, २०७६ शुक्रबार १४:४८:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारले संसदमा पेश गरेको मिडिया काउन्सिलसम्बन्धी विधेयक परिमार्जनसहित पारित हुने दाबी गर्नुभएको छ । 

प्रवक्ता श्रेष्ठले आफ्नो पार्टी प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने कुनै पनि कानुनको पक्षमा नरहेको पनि स्पष्ट पार्नुभयो । शुक्रबार काठमाण्डौमा आयोजित कार्यक्रममा बोल्दै उहाँले मिडियासम्बन्धी उजुरी परेमा त्यसको निरुपण गर्न अदालत जाने व्यवस्था गर्ने पनि बताउनुभयो ।

प्रवक्ता श्रेष्ठले नागरिकतासम्बन्धी विधेयक पनि राष्ट्रिय सहमतिको आधारमा मात्रै पारित हुने स्पष्ट पार्नुभयो । राष्ट्रियतालाई मूल आधार बनाएर नै विधेयक अघि बढाउने पार्टीको धारणा रहेको उहाँले बताउनुभयो । 

अन्तिम अपडेट: चैत १०, २०८०

तपाईको प्रतिक्रिया