भारतीय लाेकसभा चुनाव : कसकाे कति सिट ?

 जेठ १०, २०७६ शुक्रबार १७:१४:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

लोकसभा चुनाव २०१९ मा भारतीय जनता पार्टी(बीजेपी) ले सन् २०१४ मा भन्दा पनि धेरै सिट जितेको छ । फेरि एकपटक नरेन्द्र मोदी भारतका प्रधानमन्त्री बन्ने भएका छन् । 

भारतीय निर्वाचन आयोगका अनुसार ५४३मध्ये ५४२ सिटमा चुनाव भएको थियो । शुक्रबार दिउँसोसम्म सबै क्षेत्रको नतिजा सार्वजनिक भएको छ । बीजेपी एक्लैले ३०३ सिटमा जित हात पारेको छ । बीजेपी नेतृत्वको राष्ट्रिय गणतान्त्रिक गठबन्धन (एनडीए) ले ३५० सिटमा जित हात पारेको छ ।

त्यस्तै दोस्रो स्थानमा रहेको भारतीय कांग्रेसले ५२ ठाउँमा जित हात पार्दा उ नेतृत्वको संयुक्त प्रगतिशील गठबन्धनले ८५ सिटमा जित हात पारेको छ । 

कुन दलकाे कति सिट ?

उज्यालाे इन्फाेग्राफिक्स

 

 

उज्यालाे इन्फाेग्राफिक्स
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया