धरानमा ‘गोली चल्यो’, बैंकका कर्मचारीबाट ३ लाख ‘लुटियो’

 जेठ १२, २०७६ आइतबार १३:४३:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

सुनसरी –  जीवन विकास लघुवित्तको सेवा केन्द्र धरानका कर्मचारी शम्भु गच्छदारले आफूलाई गोली हानी ३ लाख रुपैयाँ लुटिएको दाबी गरेका छन् ।

धरान-५ साउनेमा लघुवित्तको पैसा लैजाँदै गर्दा नचिनेका मानिसले गोली हानी पैसा लुटेको गच्छदारले बताएको सुनसरीका प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिनुभयो ।

गच्छदारको कुहिनो र कम्मरमा चोट लागेको भए पनि गोली हानिएको र रकम लुटिएकोबारे अहिल्यै भन्न नसकिने उहाँले बताउनुभयो । प्रहरी उपरीक्षक अधिकारीसहितको प्रहरी टोली घटनास्थलतर्फ गैरहेको छ । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया