आज छठ पर्वको मुख्य दिन : बेलुका अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै
कात्तिक २२, २०८१ बिहिबार
काठमाण्डौ – 'एक्सपर्ट प्रधानमन्त्री कप' एक दिवसीय क्रिकेट प्रतियोगितामा विभागीय टिम नेपाल पुलिसले विजयी सुरुवात गरेको छ । पहिलाे पटक मूलपानीको तल्लो मैदानमा भएको क्रिकेट प्रतियाेगितामा पुलिसले कर्णाली प्रदेशलाई ९४ रनले हरायाे ।
१ सय ८६ रनको लक्ष्य पछ्याएको कर्णाली प्रदेश २७ ओभरमा ९१ रनमा समेटिएको थियो । पुलिसका लागि आरिफ शेखले चार तथा ललित नारायण राजबंशीले तीन विकेट लिए । त्यस्तै सागर ढकाल, पवन सर्राफ र दीपेन्द्रसिंह ऐरीले समान एक/एक विकेट हात पारे ।
कर्णाली प्रदेशका लागि सुशान्त थापाले २९ रन बनाउँदा महेश खत्रीले १७ तथा दिनेश अधिकारीले १६ रनको योगदान गरे । अन्य कुनैपनि ब्याट्सम्यानले दोहोरो अंक जाेड्न सकेनन् । त्यस्नै तीन जनाले खाता नै खोल्न सकेनन् ।
पहिला ब्याटिङ गरेको पुलिसले ४१ ओभरमा सबै विकेट गुमाउँदै १ सय ८५ रन बनाएको थियो । २२ रनमा ५ विकेट गुमाएको पुलिसका लागि दिलीप नाथ र कुशल भुर्तेलले उत्कृष्ट पारी खेले । दिलीपले ७२ रन बनाउँदा कुशलले ६२ रनको योगदान गरे ।
कर्णाली प्रदेशका सुदन पोखरेलले सर्वाधिक पाँच विकेट लिए । ७ ओभर बलिङ गरेका पोखरेलले २ ओभर मेडन राख्दै १६ रन खर्चिएका थिए । यसैगरी दिवान पुनले दुई तथा दिनेश अधिकारी र रविन्द्र शाहीले समान एक/एक विकेट हात पारे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।