मकवानपुरमा ट्रकमा आगजनी, सेनाद्वारा प्रेसर कुकर बम डिस्पोज

 जेठ १३, २०७६ सोमबार ७:२०:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

मकवानपुर – विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले बन्दको अवज्ञा गरेको भन्दै सोमबार बिहान हेटौँडाको चौकीटोलमा एउटा गाडीमा आगजनी गरेका छन् ।

त्रिभुवन राजपथ अन्तर्गत हेटौँडाको चौकी टोलमा प्रहरी चौकी नजिकै ना ७ ख ९४९३ नम्बरको मिनी ट्रकमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भटराईले बताउनुभयो । आगजनीका कारण गाडी पूर्णरुपमा जलेको छ । 

यस्तै आज बिहान हेटौँडाको बुद्धचोक नजिक प्रेसर कुकर बम फेला परेको थियो । बम राखेको थाहा पाउनासाथ प्रहरीले नेपाली सेनालाई खबर गरेर बिहान ५ बजेतिर बम डिस्पोज गरिएको प्रहरी नायव उपरीक्षक भट्टराईले बताउनुभयो । विप्लव नेतृत्वले गरेको बन्दका कारण हेटौँडा बजार सुनसान बनेको छ ।
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया